Trending
Prev Story
Next Story

श्वेत–गंगा हाइड्रोको नाफा ४० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी ८ रुपैयाँ

Bizshala •
November 04, 2026 • 08:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १३ करोड ६२...

श्वेत–गंगा  हाइड्रोको नाफा ४० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी ८ रुपैयाँ

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १३ करोड ६२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ९ करोड ७२ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ४० प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ८३ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २७ करोड २५ लाख १६ हजार रुपैयाँ थियो।

कम्पनीको सञ्चालन नाफा २० करोड ९ लाख ८५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा १९ करोड ६ लाख ५३ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ५९ लाख ५२ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो खर्च ९ करोड १३ लाख रुपैयाँभन्दा बढी थियो। वित्तीय खर्च घट्दा नाफा बढ्न सहयोग पुगेको देखिन्छ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण करिब ४ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५५ पैसा पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ ११ पैसा थियो। प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ।

पहिलो त्रैमासमा कम्पनीको कुल सम्पत्ति ६ अर्ब २३ करोड ८७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
ब्याज खर्च घट्दा सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्याे

ब्याज खर्च घट्दा सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्याे

सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर नाफाको वृद्धिसँगै चुक्तापूँजी पनि बढेकाले...

#नाफा #आम्दानी #त्रैमास
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #आम्दानी
Compare →
Ekantipur
1w ago
नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

बिहीबार यसको ११ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

#नाफा
Compare →
Onlinekhabar
1d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#आम्दानी
Compare →
Nagarik News
4d ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2611