Trending
Prev Story
Next Story

रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

Arthasansar •
November 04, 2026 • 07:34 AM
1
1 reads 0 reactions

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने...

रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। गत कात्तिक १७ गते सम्पन्न सभाले आर्थिक वर्ष २०८३/८४ का लागि करसहित कुल १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो।

साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट निरञ्जन पराजुलीलाई नयाँ सञ्चालकको रूपमा निर्वाचित गरेको छ। सभाले कम्पनीको स्वामित्वमा रहेको १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र तथा सोसँग सम्बन्धित सम्पूर्ण अधिकार तथा दायित्वहरु सहायक कम्पनी रिज पावर लिमिटेडु को नाममा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ।

यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागिएस. चपाईं एण्ड एसोसिएट्स’ लाई बाह्य लेखापरीक्षक नियुक्त गर्दै वार्षिक ३ लाख रुपैयाँ पारिश्रमिक तोक्ने निर्णय गरिएको छ। कम्पनीले यी सम्पूर्ण निर्णयहरूको जानकारी नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई गराइसकेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एनएमबि बैंकले साधारण सभा बोलाएको छ । बैंकले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न...

#सभा #लाभांश
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#सभा #लाभांश
Compare →
Bizshala
9h ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#लाभांश
Compare →
Onlinekhabar
14h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2611