Trending
Prev Story
Next Story

एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न सेबोनको पूर्वस्वीकृति

Bizshala •
November 04, 2026 • 07:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति...

एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न सेबोनको पूर्वस्वीकृति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।

बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्तावलाई स्वीकृति दिएको हो।

स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् १:०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसको अर्थ हाल कायम प्रत्येक २ कित्ता सेयर बराबर सेयरधनीले थप १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।

यसबाट बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी जुटाउनेछ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।

बोर्डको सञ्चालक समितिबाट प्रस्ताव पारित भइसकेको र औपचारिक स्वीकृतिपत्र जारी हुने प्रक्रियामा रहेको बताइएको छ।

सेबोनबाट औपचारिक पत्र प्राप्त भएपछि बैंकले हकप्रद सेयर निष्कासनको मिति बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ।

हकप्रद निष्कासनपछि बैंकको चुक्तापूँजी तथा समग्र पूँजीगत आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Arthasansar
1w ago
एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

एनआईसी एशिया बैंकले प्रमुख सुरक्षा अधिकृत (चिफ सेक्युरिटी अफिसर) पदमा कर्मचारी माग गरेको छ। बैंकले एक जना कर्मचारी नियुक्त गर्नका...

#एनआईसी #एशिया
Compare →
Hamro Patro News
1w ago
एनआईसी एशिया क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख सहयोग

एनआईसी एशिया क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभाव...

#एनआईसी #एशिया
Compare →
Onlinekhabar
1w ago
नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

१७ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो । नेपाल रिले यसअघि पनि …

#हकप्रद #निष्कासन
Compare →
Ekantipur
1w ago
आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

#निष्कासन
Compare →
Setopati
1w ago
पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो?

पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो?

नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद सेयरमार्फत थप लगानी गर्ने सरकारको निर्णयपछि कम्पनीको सेयर मूल्य बढेको छ। अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि उकालो लागेको छ। हकप्रद सेयर भनेको के हो र यसले लगानीकर्तालाई कस्तो प्रभाव पार्छ?

#हकप्रद
Compare →
Nagarik News
1w ago
जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

#निष्कासन
Compare →

Related Stories

Business & Economy
Build #2611