Trending
Prev Story
Next Story

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

Ekantipur •
November 06, 2026 • 07:31 AM
1
1 reads 0 reactions

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

काठमाडौँ — आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागिप्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ लाखकित्ता सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । बोर्डबाट प्राप्त स्वीकृतिअनुसारकम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले कुल १२ करोड रुपैयाँ बराबरको सेयरनिष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमाएनएमबी क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्र बोर्डले २०८३ कात्तिक २० गतेकम्पनीलाई सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।

आशुतोष इनर्जी लिमिटेडले लमजुङमा ८.६३ मेगावाटक्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।  यसले २०७९ असोज १६ गतेदेखि  व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ ।

२०८२-८३ मा यो आयोजनाबाट यसले उत्पादन गरेको २८ करोड रूपैयाँ बराबरको विद्युत बिक्रीगरेको छ । यसले सो अवधिमा १३ करोड रूपैयाँ नाफा कमाएको थियो ।

यसको भदौमा सम्पन्न साधारण सभाले १८.९४ प्रतिशतनगद लाभांश पारित गरेको थियो । यसले आफ्नो पहिलो आयोजना सञ्चालन आएयता निरन्तरलाभांश दिएको उल्लेख गरेको छ । यसअघि यसले १५.७८९ प्रतिशत नगद लाभांश दिएको थियो।

यसले करिब ४३ करोड रूपैयाँ लागतमा दुईमेगावाटको चेपे खोला कास्केड आयोजना पनि निर्माण गरिरहेको छ । यो आयोजनाकोप्रतिमेगावाट लागत नै २१ करोड ७० लाख बराबर हुने देखिएको छ ।

लागत केही बढ्न सक्नेचुनौति देखिएको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ । चेपे खोला क्यास्केडजलविद्युत आयोजनाको निर्माण प्रक्रिया २०८२ को मंसिर २४ देखि अगाडि बढेको बताइएकोछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले …

#निष्कासन #बोर्ड #आशुतोष
Compare →
Bizshala
1w ago
आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने

आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न...

#बोर्ड #आशुतोष #इनर्जी
Compare →
Hamro Patro News
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कात्तिक १९ गते प...

#निष्कासन #बोर्ड
Compare →
Arthasansar
1w ago
सार्वजनिक निष्काशन : बोर्डबाट दुई दिनमा दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

सार्वजनिक निष्काशन : बोर्डबाट दुई दिनमा दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले पछिल्लो दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृती दिएको छ । शुक्रबार आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको...

#बोर्ड #लिमिटेड
Compare →
Nagarik News
1w ago
धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।

#बोर्ड
Compare →

Related Stories

Business & Economy
Build #2611