Trending
Prev Story
Next Story

नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

Onlinekhabar •
November 03, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो । नेपाल रिले यसअघि पनि …

नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

१७ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो ।

नेपाल रिले यसअघि पनि पूँजी वृद्धिको प्रस्ताव गर्दै अर्थ मन्त्रालय पुगेको थियो । सरकारले थप पूँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया रोकिएको थियो ।

मंगलबार नेपाल रिमा लगानी थप गर्ने निर्णयसँगै यसअघि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ ।

नेपाल रिले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय २०८२ साउनमा गरेको थियो । कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्थापनको सुझाव समेत ध्यानमा राखेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । सोही रकम बराबर हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४.४ प्रतिशत लगानी छ । सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत सेयर स्वामित्व छ । बाँकी लगानी २० बीमा कम्पनीसँगै ग्लोबल आईएमई क्यापिटल, गुह्येश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेस्टमेन्ट, ग्लोबल आईएमई बैंक, सुप्रिम सिमेन्ट्स, आईएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंकको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
16h ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#हकप्रद #निष्कासन
Compare →
Ekantipur
1w ago
आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

#निष्कासन
Compare →
Hamro Patro News
8h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

काठमाडौं– मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको ब...

#मन्त्रिपरिषद् #सरकारको
Compare →

Related Stories

Politics & Governance
Build #2611