Trending
Prev Story
Next Story

राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

Nagarik News •
November 04, 2026 • 06:29 AM
1
1 reads 0 reactions

शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि आग्रह गरेका छन्।

राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ज्ञानेन्द्र शाहीले प्रहरी र सरकारबीच देखिएको तनावसहित पछिल्लो समय सार्वजनिक भएका विवादास्पद घटनाबारे छलफल गर्न समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।

शाहीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

उनले राज्यशक्ति र सुरक्षा निकायको अधिकार प्रयोगसँग जोडिएका यी घटनाले सुशासन र कानुनी शासनमाथि प्रश्न उठाएको उल्लेख गर्दै समितिबाट तत्काल छलफल र आवश्यक छानबिन हुनुपर्ने माग गरेका छन्।

शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि आग्रह गरेका छन्। सम्बन्धित पदाधिकारीसँग घटनाबारे स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन उनले समितिका सभापतिसमक्ष अनुरोध गरेका छन्।

राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सम्बन्धित विषयमा संसदीय समितिले आफ्नो निगरानी भूमिका प्रभावकारी बनाउनुपर्ने उनको माग छ।

पछिल्लो घटनाक्रममा प्रहरी नेतृत्व र सरकारबीचको सम्बन्ध, अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिको मोबाइलमा अन्य निकायको पहुँच तथा पत्रकारमाथि भएको प्रहरी कारबाही विवादमा छन्। शाहीको मागले यी विषयलाई संसदीय छानबिन र जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बहसलाई थप अघि बढाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १२:१४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
प्रधानमन्त्रीलाई डाँकेर राज्य व्यवस्था समिति बैठक बोलाउन कांग्रेसको माग

प्रधानमन्त्रीलाई डाँकेर राज्य व्यवस्था समिति बैठक बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्को प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ। समितिमा रहेका कांग्रेसका चार जना सांसदले शुक्रबार तत्काल बैठक बो...

#राज्य #बोलाउन #व्यवस्था
Compare →
Onlinekhabar
1w ago
राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा …

#राज्य #व्यवस्था
Compare →
Ekantipur
1w ago
अध्यादेशमा नभएका व्यवस्था उल्लेख गर्दै पत्रकार महासंघको विरोध, अध्यक्ष र महासचिवकै जवाफ बाझियो

अध्यादेशमा नभएका व्यवस्था उल्लेख गर्दै पत्रकार महासंघको विरोध, अध्यक्ष र महासचिवकै जवाफ बाझियो

सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्न सक्ने व्यवस्थाप्रति पनि महासंघको विरोध छ ।

#व्यवस्था
Compare →

Related Stories

Politics & Governance
Build #2611