Trending
Prev Story
Next Story

नेपाली चियाका जर्मन सहयात्रीको भव्य विदाई

Ekantipur •
November 04, 2026 • 06:32 AM
1
1 reads 0 reactions

टी स्वेडर जर्मनीमा कार्यरत होल्जले नेपाली चियालाई युरोपेली बजारमा पुर्‍याउन किसान, सहकारी र उत्पादकसँग सहकार्य गरेका थिए।

नेपाली चियाका जर्मन सहयात्रीको भव्य विदाई

टी स्वेडर जर्मनीमा कार्यरत होल्जले नेपाली चियालाई युरोपेली बजारमा पुर्‍याउन किसान, सहकारी र उत्पादकसँग सहकार्य गरेका थिए।

विराटनगर — इलामको चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने यात्रामा केही यस्ता सहयात्री पनि जोडिए, जो नेपाली हैनन् । तर, नेपाली चियाको भविष्यप्रतिको भरोसा र किसानसंगको उनको सम्बन्ध परिवारको जस्तै बन्यो । उनी हुन्–जर्मनीका थोमस होल्ज ।

नेपालको पूर्वी पहाडी भूगोलमा उत्पादित चियालाई युरोपेली बजारसम्म चिनाउन उनले खेलेको भूमिका इलामका चिया उत्पादक किसान र सहकारीका लागि सम्झनलायक बनेको छ । व्यावसायिक सम्बन्धबाट सुरु भएको उनको नेपाली चियासँगको यात्रा किसानसँगको आत्मीयतासम्म विस्तार भयो । त्यही सम्बन्धको स्मरण गर्दै इलामको सूर्योदय नगरपालिका–९ सुन्दरपानीस्थित गोर्खा टी इस्टेटले उनलाई मंगलबार भव्य सम्मानसहित बिदाइ गरिएको छ।

टी स्वेडर जर्मनीमा कार्यरत होल्ज उमेरहदका कारण हालै सेवाबाट अवकाश भएका थिए । उनी केही दिनअघि नेपाल आएका थिए । ‘नेपाली चियालाई जर्मनीलगायत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तथा त्यसको बजार विस्तारमा सहकार्य गरेको योगदानको कदर गर्दै उनलाई सम्मानसहित बिदाइ गरिएको हो’, गोर्खा टी इस्टेटका संस्थापक अध्यक्ष उदयकुमार चापागाईले भने,‘कार्यक्रममा होल्जलाई नौमती बाजा बजाएर भव्य विदाई गरियो।’

चापागाईंले होल्ज र टी स्वेडर जर्मनीसँगको सहकार्यले नेपाली चियाको बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गरे । उक्त सहकार्यबाट प्राप्त उपलब्धि गोर्खा टी इस्टेटमा मात्र सीमित नरही सँगै आबद्ध सहकारी संस्था, किसान र समग्र चिया क्षेत्रका लागि उपलब्धिमूलक बनेको उनले बताए । ‘हामीबीचको सहकार्य निकै महत्वपूर्ण रह्यो । यसबाट गोर्खा टी इस्टेटसँगै आबद्ध सहकारी र किसानले पनि लाभ लिन सके,’ चापागाईंले भने ।

सुन्दरपानी चिया सहकारी संस्थाका उपाध्यक्ष जय राईले चिया किसान तथा सरोकारवालाका तर्फबाट होल्ज र टी स्वेडर जर्मनीलाई ज्ञापनपत्र बुझाए । नेपाली चियाको बजार विस्तारसंगै चिया किसानलाई पर्यटनसँग जोड्ने प्रयासमा पनि सहयोग गर्न उनले आग्रह गरे । विशेषगरी चिया बगानमा आधारित होमस्टे सञ्चालन र ग्रामीण पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा किसानले राखेका छन् ।

होल्जले पनि नेपाली चिया किसानसँगको सम्बन्ध सेवाबाट आफुले अवकाश पाएसँगै समाप्त नहुने प्रतिबद्धता जनाए । ‘अवकाशपछिको जीवनमा, नेपाली चिया किसानप्रतिको साथ र माया निरन्तर रहने उनले बताए ।

कार्यक्रममा सुन्दरपानी चिया सहकारी संस्था, इको चिया सहकारी संस्था र बौद्धधाम चिया सहकारी संस्थाका प्रतिनिधि, किसान, चिया क्षेत्रका सरोकारवाला सहभागी थिए ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

२० कात्तिक, काठमाडौं । इलामको कन्याममा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्योदय चिया महोत्सव–२०८३ आयोजना हुने भएको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव …

#चिया
Compare →
Hamro Patro News
1w ago
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले...

#जर्मनी #जर्मन
Compare →
Nagarik News
2d ago
जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।

#जर्मनी #जर्मन
Compare →

Related Stories

National (Nepal)
Build #2611