Trending
Prev Story
Next Story

जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

Nagarik News •
November 11, 2026 • 12:51 PM
1
1 reads 0 reactions

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।

जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ।

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।

जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा बढाउन र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला यस्तो तथ्य सार्वजनिक भएको हो। जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ।

मन्त्री पिस्टोरियसका अनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार भोगेका छन् भने १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको छ। कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिक यस्तो दुर्व्यवहारबाट बढी प्रभावित भएको उनले बताए।

पुरुष सैनिकमध्ये भने विपरीत लिंगीप्रति आकर्षित नहुनेहरू बढी दुर्व्यवहारको सिकार भएको सर्वेक्षणले देखाएको छ।

‘बुन्डेसवेरमा यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,’ पिस्टोरियसले भने। उनले यस्तो समस्या समाधान गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि सार्वजनिक गरे।

सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताएका छन्। पिस्टोरियसले यो अध्ययन बुन्डेसवेरमा गरिएको आफ्नो किसिमको पहिलो सर्वेक्षण भएको बताए।

अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो। यो संख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार दुई सयको करिब चार प्रतिशत हो।

यसैबिच, ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गरेकी छन्।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि जर्मनीले आफ्नो रक्षा क्षमता सुदृढ पार्ने प्रयास तीव्र बनाएको छ। रुसी खतराको सामना गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा युरोपबाट अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्नु तथा नेटोका नयाँ लक्ष्य पूरा गर्नु जर्मनीको प्राथमिकतामा छन्।

जर्मनीले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय सैनिक र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ।

सन् २०११ मा अनिवार्य सैन्य सेवा स्थगन गरिएपछि पर्याप्त लगानीको अभाव र सैनिक संख्यामा निरन्तर आएको गिरावटका कारण जर्मनीको सैन्य क्षमतामा ह्रास आएको थियो। हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्र छ। एजेन्सी

प्रकाशित: २५ कार्तिक २०८३ १८:३६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप

बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप

काठमाडौं- रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो...

#सैनिक
Compare →
Onlinekhabar
1w ago
बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

१९ कात्तिक, धनगढी । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र …

#दुर्व्यवहार
Compare →
Ekantipur
1w ago
नेपाली चियाका जर्मन सहयात्रीको भव्य विदाई

नेपाली चियाका जर्मन सहयात्रीको भव्य विदाई

टी स्वेडर जर्मनीमा कार्यरत होल्जले नेपाली चियालाई युरोपेली बजारमा पुर्‍याउन किसान, सहकारी र उत्पादकसँग सहकार्य गरेका थिए।

#जर्मनी #जर्मन
Compare →

Related Stories

World News
Build #2611