Trending
Prev Story
Next Story

बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

Onlinekhabar •
November 05, 2026 • 01:30 PM
1
1 reads 0 reactions

१९ कात्तिक, धनगढी । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र …

बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

१९ कात्तिक, धनगढी । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र भीमदत्त नगरपालिका–३ तिलकेनीका जीवन बम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार १७ कात्तिकमा काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै कञ्चनपुरकी एक युवतीले निवेदन दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीकाअनुसार महाकाली यातायातको सुुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चासो बढेको थियो । भिडियो सार्वजनिक हुनुअघि सोही राति बसमा सवार यात्रुहरूले वडा प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार महिलामाथि दुव्र्यवहार भएको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोलीले मध्यरातमा बुटवल चौराहबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

तर, बुटवल प्रहरीको हिरासतमा एक रात बसेपछि उनीहरूलाई महेन्द्रनगर पठाइएको थियो । पीडित महिलाहरूले पनि महेन्द्रनगर नै पठाइदिन आग्रह गरेपछि प्रहरीले उनीहरूलाई त्यहाँ पठाएको उनी बताउँछन् ।

त्यसपछि पीडित युवतीको निवेदनका आधारमा कञ्चनपुर प्रहरीले तीनै जनालाई पुनः नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

बसका कर्मचारीका अनुसार काठमाडौँबाट बस चढेका तीनै जना युवाले धादिङको धार्केदेखि मदिरा सेवन गरेर होहल्ला गर्न थालेका थिए । उनीहरूले महिला यात्रुलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै अभद्र व्यवहार गर्न थालेपछि अन्य यात्रुले पटक–पटक सम्झाएका थिए ।

तर, उनीहरूले यात्रुको आग्रह बेवास्ता गर्दै दुर्व्यवहार जारी राखेपछि बसभित्रको वातावरण तनावपूर्ण बनेको थियो । उनीहरूले महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो सबैतिर फैलिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

नवलपरासीमा सामाजिक सञ्जालमा घरायसी विवादको एउटा भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका...

#भाइरल #भिडियो
Compare →
Bizshala
8h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

World News
Build #2611