Trending
Prev Story
Next Story

वायुमण्डलमा हरितगृह ग्यास उच्च बिन्दुमा

Nagarik News •
November 04, 2026 • 04:03 AM
1
1 reads 0 reactions

वायुमण्डलमा कार्बन डाइअक्साइडसहित अन्य प्रमुख हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

वायुमण्डलमा हरितगृह ग्यास उच्च बिन्दुमा

वायुमण्डलमा कार्बन डाइअक्साइडसहित अन्य प्रमुख हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यसले पृथ्वीको तापक्रम दीर्घकालसम्म थप बढ्ने अवस्था बनेको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को एक प्रतिवेदनले देखाएको छ।

डब्लुएमओको पछिल्लो ‘ग्रिनहाउस ग्यास बुलेटिन’ अनुसार सन् २०२५ मा वायुमण्डलमा रहेको प्रति १० लाख भाग वायुमा कार्बनडाइअक्साइडको विश्वव्यापी औसत मात्रा ४२६.८ भाग (पिपिएम) पुगेको छ।

यो सन् १७५० को औद्योगिक युगपूर्वको स्तरको तुलनामा १५३ प्रतिशतले बढी हो। मानव गतिविधिसँग प्रत्यक्ष हिसाबले सम्बन्धित दोस्रो र तेस्रो प्रमुख हरितगृह ग्यास मिथेन र नाइट्रस अक्साइडको मात्राले पनि सो वर्ष नयाँ कीर्तिमान बनाएका छन्।

‘लगातार अर्को वर्ष पनि नयाँ कीर्तिमान कायम भएको छ। हरितगृह ग्यासले वायुमण्डलमा अहिलेसम्मकै ठुलो स्तरमा ताप शोषण गरेको छ। यसले चरम मौसमी घटना निम्त्याएको छ र यसबाट अर्थतन्त्र र समाजमा जोखिम बढेको छ।

पछिल्ला ११ वर्ष अहिलेसम्मकै सबैभन्दा ताता वर्षका रूपमा रहेका छन् र यो प्रवृत्ति निरन्तर हुने देखिन्छ’, डब्लुएमओकी उपमहासचिव ‘को ब्यारेट’ ले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा जारी विज्ञप्तिमा भनेकी छन्। ब्यारेटले कार्बन डाइअक्साइड वायुमण्डलमा लामो समयसम्म रहने भएकाले यसको प्रभाव विश्व जलवायुमा वर्षौंसम्म मात्र नभई दशकौं र शताब्दीसम्म पर्ने बताइन्।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा वार्ताकारहरूलाई आधिकारिक वैज्ञानिक जानकारी उपलब्ध गराउने उद्देश्यले डब्लुएमओले हरेक वर्ष आफ्ना प्रमुख प्रकाशनका रूपमा यो बुलेटिन सार्वजनिक गर्दै आएको छ। जलवायु प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्ने उद्देश्यसहित नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा कोप - ३१ सम्मेलन हुँदैछ।

डब्लुएमओको यो बुलेटिनमा हरितगृह ग्यासको वार्षिक उत्सर्जनसहित हालसम्म वायुमण्डलमा जम्मा भएको ग्यासको औसम मात्राको विवरण प्रस्तुत गरिएको छ। प्रत्येक वर्ष उत्सर्जन हुने कुल कार्बन डाइअक्साइडमध्ये करिब आधा वायुमण्डलमै रहन्छ भने बाँकी पृथ्वीका स्थलीय पारिस्थितिक प्रणाली र समुद्रले सोस्ने गर्छन्।

सन् २००४ मा पहिलोपटक यो बुलेटिन प्रकाशित हुँदा डब्लुएमओको विश्व वायुमण्डलीय निगरानी सञ्जालअन्तर्गतका केन्द्रहरूले मापन गरेको कार्बन डाइअक्साइडको वार्षिक औसत मात्रा ३७७.५ पिपिएम मात्र थियो।

अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) को वार्षिक हरितगृह ग्यास सूचकांकअनुसार सन् १९९० देखि २०२५ सम्म दीर्घकालीन हरितगृह ग्यासका कारण जलवायु प्रणालीमा पर्ने तापमान वृद्धिको प्रभाव ५६ प्रतिशतले बढेको छ। यस वृद्धिमा कार्बन डाइअक्साइडको योगदान करिब ८१ प्रतिशत रहेको छ।

यसैगरी सन् १९६० को दशकयता कार्बन डाइअक्साइडको वृद्धिदर तीन गुणाले बढेको छ। सन् १९६० को दशकमा यसको वार्षिक औसत वृद्धि ०.८ पिपिएम रहेकोमा सन् २०११ देखि २०२० सम्मको दशकमा बढेर प्रतिवर्ष २.४ पिपिएम पुगेको थियो।

सन् २०२४ देखि २०२५ सम्ममा वायुमण्डलमा कार्बन डाइअक्साइडको विश्वव्यापी औसत मात्रा (कन्सनट्रेसन) २.८ पिपिएमले बढेको छ। यो पछिल्लो दशकको औसतभन्दा बढी भए पनि सन् २०२३–२०२४ मा देखिएको असाधारण वृद्धिभन्दा केही कम हो।

सन् २०२३–२०२४ को शक्तिशाली एल निनोपछि सन् २०२५ मा जमिनका कार्बन सोस्ने प्रणालीमा आएको सुधार र डढेलोबाट हुने कार्बन उत्सर्जनमा आएको कमीका कारण सन २०२४ देखि सन् २०२५ सम्मको वृद्धिदर केही कम देखिएको वैज्ञानिक तर्क छ।

जीवाश्म इन्धनको प्रयोग र शक्तिशाली एल निनोको विकासका कारण सन् २०२६ मा पनि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा (कन्सनट्रेसन) थप बढ्ने अपेक्षा गरिएको छ।

एल निनोले सन् २०२३–२०२४ मा जस्तै जमिनको कार्बन सोस्ने क्षमतामा असर पार्न सक्छ र बदलिँदो जलवायुका कारण समुद्रको कार्बन सोस्ने क्षमता घट्ने जोखिमसमेत बढेको वैज्ञानिक तर्क छ।

प्रकाशित: १८ कार्तिक २०८३ ०९:४८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
एभरेष्ट सुगर मिलको व्यापार ४०% ले बढेर ३ अर्ब पुग्यो

एभरेष्ट सुगर मिलको व्यापार ४०% ले बढेर ३ अर्ब पुग्यो

काठमाडौं । एभरेष्ट सुगर केमिकल इन्डष्ट्रिजको व्यापार ४० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ४० प्रतिशतले बढेर ३ अर्ब २० लाख रुपैयाँ पुगेको हो । सन् २०२५ मा २ अर्ब ...

#सन् #२०२५
Compare →
Onlinekhabar
1w ago
आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

१९ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकापसमा गाभिन (मर्जरमा जान) तयार रहेको बताएको छ । तर, यसका लागि सरकारले आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) को व्यवस्था लागु नहुने …

#ग्यास
Compare →
Bizshala
1w ago
होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

काठमाण्डौ ।  होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी...

#ग्यास
Compare →
Arthasansar
1w ago
एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यास...

#ग्यास
Compare →
Ekantipur
1w ago
ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मर्जरबारे निगमको पत्र आएको भन्दै थोरैभन्दा थोरै ब्रान्ड हुँदा ग्यास वितरणमा सहज हुने बताए ।

#ग्यास
Compare →

Related Stories

World News
Build #2611