Trending
Prev Story
Next Story

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

Ekantipur •
November 04, 2026 • 04:31 AM
1
1 reads 0 reactions

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् ।

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् ।

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् ।

८३ मिटर लामो उक्त पुल पूर्वाधार विकास कार्यालय जाजरकोटमार्फत निर्माण गरिएको हो । पुल निर्माणका लागि ५४ लाख ८१ हजार ८ सय २४ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण सम्पन्न हुँदा ५२ लाख १ सय ४७ रुपैयाँ खर्च भएको जनाइएको छ ।

पुल उद्घाटन गर्दै सांसद बुढाले पुल निर्माण भएपछि छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए । विशेषगरी विद्यार्थी तथा सर्वसाधारण नागरिकलाई खोला वारपार गर्न सहज हुने उनको भनाइ छ ।

यसअघि पुल नहुँदा स्थानीयवासीले खोला वारपार गर्न निकै सास्ती भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता रहेको थियो ।

यस्तै, पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख नवीन आचार्यले पुल निर्माण हुनु मात्रै ठूलो कुरा नभई यसको दिगोपनाका लागि नियमित मर्मतसम्भारमा समेत ध्यान दिनुपर्ने बताए । पुलको संरक्षण र मर्मतसम्भारमा सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

पुल निर्माणसँगै दुई स्थानीय तहका बासिन्दाको आवागमन सहज हुनुका साथै विद्यार्थी, सर्वसाधारण तथा स्थानीयको दैनिक जनजीवनमा समेत राहत पुग्ने विश्वास उनको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

#पुल #झोलुङ्गे #स्थानीयलाई
Compare →
Hamro Patro News
14h ago
मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्...

#पुल #जोड्ने #झोलुङ्गे
Compare →
Onlinekhabar
9h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल #झोलुङ्गे
Compare →
Bizshala
12h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

National (Nepal)
Build #2611