Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद: खेलाडी छनोटमै अन्योल

Ekantipur •
November 04, 2026 • 04:31 AM
1
1 reads 0 reactions

प्रतियोगिताको मिति नजिकिँदै जाँदा खेलाडी छनोट र बन्द प्रशिक्षणमै अन्योल देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

दशौं राष्ट्रिय खेलकुद: खेलाडी छनोटमै अन्योल

प्रतियोगिताको मिति नजिकिँदै जाँदा खेलाडी छनोट र बन्द प्रशिक्षणमै अन्योल देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब एक महिनाभन्दा बढी समय बाँकी छ । तर प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया अझै पूरा भएको छैन । प्रतियोगिताको मिति नजिकिँदै जाँदा खेलाडी छनोट र बन्द प्रशिक्षणमै अन्योल देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहित ११ टोलीको सहभागिता रहने प्रतियोगितामा ३२ खेल समावेश छन् । तर कर्णाली प्रदेशका १७ खेलमा खेलाडी छनोट हुन बाँकी छ । खेलाडी छनोटमा भइरहेको ढिलाइसँगै बन्द प्रशिक्षणको तयारीसमेत प्रभावित भएको छ ।

छनोट भएका खेलाडीलाई प्रशिक्षणमा राख्न बजेट अभाव देखिएको छ । खेलाडी छनोट, प्रशिक्षण र प्रतियोगिताको तयारीका लागि पर्याप्त समय आवश्यक पर्ने भए पनि व्यवस्थापनमा देखिएको ढिलाइले खेलाडी अन्योलमा परेका छन् ।

करातेका प्रशिक्षक प्रदीप राईले बजेट अभावका कारण खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिएको बताए । उनका अनुसार खेल तीन चरणमा हुने भएकाले बन्द प्रशिक्षण पनि अन्योल छ । त्यसका लागि होटल व्यवस्थापन गर्नुपर्ने भए पनि बजेट सुनिश्चित नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक नभएकाले तयारीमा थप अन्योल भएको उनले बताए । खेल तालिका सार्वजनिक भए प्रशिक्षण र आवास व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ ।

उसुसंघका जिल्ला अध्यक्ष गोविन्द शाहीले पनि बन्द प्रशिक्षणको मिति पटक–पटक सर्दा खेलाडीमा असन्तुष्टि बढेको बताए । सुरुमा कात्तिक १० देखि प्रशिक्षण सुरु गर्ने भनिए पनि आर्थिक अभाव देखाउँदै रोकिएको उनले जानकारी दिए । खेलाडी छनोट भइसकेपछि पनि प्रदेशको आर्थिक अवस्था देखाएर प्रशिक्षण सुरु नगरिँदा खेलाडी प्रभावित भएको उनको भनाइ छ ।

यता कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रबिन चन्दले केही दिनभित्रै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको बताएका छन् । ‘केही खेल अगाडि छन्, केही पछाडि छन्। हामीसँग समय निकै कम छ । त्यसैले अब छिट्टै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्छौं,’ उनले भने।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहित ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि प्रदेश रंगशालासहितका पूर्वाधार, खेलाडी आवास र अन्य व्यवस्थापकीय काम अघि बढिरहेका छन् । तर आफ्नै प्रदेशका खेलाडीको छनोट र प्रशिक्षणमा देखिएको ढिलाइले प्रतियोगिताको तयारीमाथि प्रश्न उठाएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

#छनोट #कर्णाली #खेलकुद
Compare →
Onlinekhabar
12h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#छनोट #खेलकुद
Compare →

Related Stories

Sports
Build #2611