Trending
Prev Story
Next Story

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

Onlinekhabar •
November 04, 2026 • 04:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर …

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

१८ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ जुनीचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा घटना भएको हो ।

घटनाको जानकारी भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ ।

घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार #जनाको #मृत्यु
Compare →
Ekantipur
13h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#गाउँपालिका #जनाको #मृत्यु
Compare →
Hamro Patro News
1d ago
भिमफेदी दुर्घट्ना : मृत्यु भएका ११ जनाको पहिचान खुल्यो

भिमफेदी दुर्घट्ना : मृत्यु भएका ११ जनाको पहिचान खुल्यो

सर्लाही। सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्...

#गाउँपालिका #जनाको #मृत्यु
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ।

#गाउँपालिका #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2611