Trending
Prev Story
Next Story

सिटिजन्स बैंक र सिटीटेकबीच सहकार्य, ‘लुप’ नेटवर्कबाट इन्स्ट्यान्ट पर्चेज क्रेडिट र ईएमआई सुविधा

Bizshala •
October 22, 2026 • 01:00 PM
1
1 reads 0 reactions

काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग सहकार्य गर्दै ‘लुप’ नेटवर्कमा इश्युअर बैंकका रूपमा...

सिटिजन्स बैंक र सिटीटेकबीच सहकार्य, ‘लुप’ नेटवर्कबाट इन्स्ट्यान्ट पर्चेज क्रेडिट र ईएमआई सुविधा

काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग सहकार्य गर्दै ‘लुप’ नेटवर्कमा इश्युअर बैंकका रूपमा आबद्ध हुने प्रारम्भिक सम्झौता गरेको छ। यस सहकार्यसँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा अझ सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्।

सम्झौतापछि सिटिजन्स बैंकका योग्य डेबिट कार्ड तथा क्रेडिट कार्डवाहकले ‘लुप’ नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा इन्स्ट्यान्ट पर्चेज क्रेडिट सुविधा लिन सक्नेछन्।

त्यस्तै ग्राहकले सिटिजन्स बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गरेको भुक्तानीलाई सहज रूपमा मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’ मा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो सुविधाले ग्राहकलाई आवश्यकताअनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रिया सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन सहयोग पुर्‍याउनेछ।

सिटीटेक ग्रुपसँगको सहकार्यले डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सरल र पहुँचयोग्य बनाउने विश्वास बैंकले लिएको छ। यसबाट ग्राहकले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ लिँदै आफ्नो दैनिक खरिद तथा भुक्तानीलाई अझ सहज बनाउन सक्ने बैंकको अपेक्षा छ।

सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

त्यस्तै बैंकले पछिल्लो समय नयाँ पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरलाई लक्षित गर्दै बैंकले ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ। बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा उपलब्ध गराउनुका साथै क्रस–बैंक टेलर सुविधासमेत सञ्चालन गर्दै आएको जनाएको छ।

सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत २० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशतसम्म छुट

• सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई ७ प्रतिशतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ। • यस सहकार्यले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई बढावा दिने र नगद कारोबारलाई नि…

#सिटिजन्स
Compare →
Ekantipur
1w ago
नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

सिटिजन्स बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश,नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा बुधबारदेखि संचालनमा ल्याएको छ ।

#सिटिजन्स
Compare →

Related Stories

Business & Economy
Build #2612