Trending
Prev Story
Next Story

कपिलवस्तुमा दशैंमा स्थापना गरिएका ५०९ दुर्गा भगवतीका मूर्तिमध्ये ५०० विसर्जन

Nagarik News •
October 22, 2026 • 12:39 PM
1
1 reads 0 reactions

बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।

कपिलवस्तुमा दशैंमा स्थापना गरिएका ५०९ दुर्गा भगवतीका मूर्तिमध्ये ५०० विसर्जन

दशैंका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका ५०० मूर्ति विसर्जन गरिएका छन्। बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।

जिल्लाका १० वटै पालिकाका चोक, बजार र गाउँमा नवरात्रका अवसरमा दुर्गा भगवतीका मूर्ति स्थापना गरी पूजापाठ गरिएको थियो। कतिपय स्थानमा घटस्थापनाका दिन र अधिकांश स्थानमा सप्तमीका दिन मूर्ति स्थापना गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा यस वर्ष कुल ५०९ दुर्गा भगवतीका मूर्ति स्थापना गरिएका थिए।

कात्तिक ३ र ४ गते गरी दुई दिनमा ४०४ मूर्ति विसर्जन गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। बुधबार कृष्णनगर र महाराजगञ्ज क्षेत्रका मूर्ति विसर्जन गरिएको थियो भने बिहीबार कपिलवस्तु नगरपालिका क्षेत्रमा रहेका ९६ मूर्ति विसर्जन गरिएका थिए।

भक्तजनले बाणगंगा नदीको रामघाट र लक्ष्मणघाट, सुरई, बेल नदीलगायत विभिन्न स्थानमा मूर्ति विसर्जन गरेका थिए। तौलिहवा र आसपासका क्षेत्रमा निकालिएका झाँकी नगर परिक्रमा गराएर रामघाट पुर्‍याइएको थियो। बाजागाजा र नाचगानसहित घाट पुगेका भक्तजनले धार्मिक विधिअनुसार मूर्ति विसर्जन गरेका थिए।

स्थापना गरिएका मूर्तिको मूल्य २० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ। नवरात्रमा दुर्गा भगवतीको व्रत बसेर पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासअनुसार भक्तजनले श्रद्धापूर्वक पूजा गर्दै आएका छन्। मूर्ति विसर्जनका विभिन्न स्थलमा मेलासमेत लागेको थियो।

मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप तथा अप्रिय घटना रोक्न जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। विशेषगरी सुरक्षा संवेदनशील मानिने कृष्णनगर क्षेत्रमा ड्रोन, सीसी क्यामेरा र बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मूर्ति विसर्जनका क्रममा जिल्लामा कतै पनि अप्रिय घटना नभएको प्रहरी उपरीक्षक भट्टले बताए। उनका अनुसार अब नौवटा मूर्ति विसर्जन गर्न बाँकी छन्। ती मूर्ति पनि एक–दुई दिनभित्र विसर्जन गरिनेछन्। उनले दशैं अवधिभर जिल्लामा कुनै अप्रिय घटना नभएको जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०८३ १८:२४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
गृहमन्त्री गुरुङले गृहजिल्लामा स्थापना गरे निजी सचिवालय

गृहमन्त्री गुरुङले गृहजिल्लामा स्थापना गरे निजी सचिवालय

यहाँका समस्या राख्न सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

#स्थापना
Compare →
Hamro Patro News
1w ago
सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।...

#विसर्जन
Compare →
Onlinekhabar
6d ago
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको १० महिना बितिसक्दा पनि डोल्पोबुद्ध गाउँपालिकाको धोमा …

#स्थापना
Compare →
Bizshala
1w ago
नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

काठमाडौं । सरकारले औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन...

#स्थापना
Compare →

Related Stories

Technology
Build #2611