Trending
Prev Story
Next Story

गृहमन्त्री गुरुङले गृहजिल्लामा स्थापना गरे निजी सचिवालय

Ekantipur •
November 01, 2026 • 11:31 AM
1
1 reads 0 reactions

यहाँका समस्या राख्न सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

गृहमन्त्री गुरुङले गृहजिल्लामा स्थापना गरे निजी सचिवालय

यहाँका समस्या राख्न सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

गोरखा — गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा निजी सचिवालय स्थापना गरेका छन् । गोरखा नगरपालिका–६ स्थित शक्तिचोक नजिकै स्थापना गरिएको सचिवालयको आइतबार गुरुङले उद्घाटन गरे ।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका गुरुङले मतदाताको गुनासो सुन्न र सम्बोधन गर्न सहजताका लागि सचिवालय स्थापना गरेको बताएका छन् । गोरखा–१ र २ तथा पायक पर्ने जुनसुकै ठाउँबाट गोरखाको सचिवालयमा आएर आफ्ना समस्या सुनाउन सकिने उनले बताए । ‘समस्या राख्न काठमाडौंको सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको हो,’ उनले भने, ‘विकास निर्माणदेखि कुनै समस्या र गुनासाहरू यहाँ आएर राख्न सक्नुहुन्छ । गोरखाको सचिवालयले काठमाडौंको सचिवालयसँग समन्वय गरेर ती कुराहरू मन्त्रालय र मसम्म आइपुग्छन्, हामी समाधानको प्रयास गर्नेछौँ ।’

चुनावी वाचापत्रमा नै सचिवालय स्थापनाको विषय राखेको उनले बताए । ‘मलाई भोट दिनुभयो, जिताउनुभयो । विकास निर्माणका कुरा हुन्छन्, समस्या हुन्छन् । परिवारजस्तै गरेर यहाँ आएर ती कुराहरू राख्नुस्,’ उनले भने, ‘म सम्बोधनको प्रयास गर्छु ।’

निर्वाचन जितेको क्षेत्रका मतदातासँगको भेटघाटलाई प्राथमिकतामा राखेर अघि बढेको पनि उनले सुनाए । ‘जितेर गएपछि पहिलेकै नेताजस्तो गरेर फर्किंदैन कि भन्ने डर थियो । तर हामी मत माग्न जसरी घरघर गएका थियौँ, अहिले पनि जानुपर्छ,’ उनले भने, ‘६ महिनाको अन्तरालमा पनि मतदाता भेटघाटका लागि धेरै ठाउँ पुगिसक्यौँ ।’

गोरखा–१ बाट निःस्वार्थ तवरले मत दिएर विजयी गराएपछि देशको गृहमन्त्रीजस्तो पदमा बसेर काम गर्ने अवसर मिलेको पनि उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#गुरुङ #गृहमन्त्री
Compare →
Hamro Patro News
3d ago
पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पा...

#गुरुङ #गृहमन्त्री
Compare →
Onlinekhabar
7h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गुरुङ #गृहमन्त्री
Compare →
Bizshala
1w ago
नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

काठमाडौं । सरकारले औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन...

#स्थापना
Compare →

Related Stories

National (Nepal)
Build #2611