Trending
Prev Story
Next Story

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

Hamro Patro News •
November 03, 2026 • 05:09 PM
1
1 reads 0 reactions

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ । खेलकुदको माध्यमबाट व...

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ । खेलकुदको माध्यमबाट विकासको अभियान भन्ने नाराका साथ राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) को जन्मथलोमा नयाँ नेपाल सरोकार समाजको मुख्य आयोजनामा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि सप्तरंगी युवा समुह फोकुललाई ट्राइब्रेकरमार्फत पेनाल्टी सुटआउटबाट ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै ज्वालामुखीले उपाधि चुमेको हो ।

उपाधिसँगै विजेता ज्वालामुखी युवा समुहले रु. तीन लाख ३३ हजार ३३३ र उपविजेता बनेको सप्तरंगी युवा समूहले रु. एक लाख ५० हजार १११ प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा सेमिफाइनलिस्ट भएका दूधकौशिका आधारभूत विद्यालय र मानेभञ्ज्याङ युवा समूहलाई रु. ८० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
हेल्लो जस्बिरे गोल्डकपको उपाधि श्रीजंघालाई

हेल्लो जस्बिरे गोल्डकपको उपाधि श्रीजंघालाई

इलामको जस्बिरेमा सञ्चालित १२औँ हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब बिब्ल्याटले जितेको छ ।

#उपाधि #गोल्डकप
Compare →
Nagarik News
5d ago
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

#उपाधि #गोल्डकप
Compare →
Bizshala
1w ago
कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ...

#उपाधि
Compare →
Onlinekhabar
1w ago
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै  विनिता विजेता बनेकी हुन् । उनले शीर्ष उपाधि …

#उपाधि
Compare →
Setopati
5d ago
यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।

#उपाधि
Compare →

Related Stories

Sports
Build #2611