Trending
Prev Story
Next Story

पीएचपीमा सुरक्षा कमजोरी देखिएपछि विश्वभरका वेबसाइट जोखिममा, तत्काल अपडेट गर्न सुझाव

Arthasansar •
October 22, 2026 • 09:09 AM
1
1 reads 0 reactions

विश्वभर लाखौँ वेबसाइटहरू सञ्चालन गर्न प्रयोग हुने ‘ओपन–सोर्स’ प्रोग्रामिङ भाषा ‘पीएचपी’मा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विश्वभरका सरकारी तथा निजी...

पीएचपीमा सुरक्षा कमजोरी देखिएपछि विश्वभरका वेबसाइट जोखिममा, तत्काल अपडेट गर्न सुझाव

विश्वभर लाखौँ वेबसाइटहरू सञ्चालन गर्न प्रयोग हुने ‘ओपन–सोर्स’ प्रोग्रामिङ भाषा ‘पीएचपी’मा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विश्वभरका सरकारी तथा निजी वेबसाइटहरू उच्च जोखिममा परेका छन् । डेभलपरहरूले बुधबार दिउँसो उक्त सुरक्षा कमजोरी समाधान गर्ने ‘प्याच’ (अपडेट) सार्वजनिक गर्दै सबै प्रयोगकर्तालाई प्रणाली तत्काल अपडेट गर्न आग्रह गरेका छन् ।

‘CVE-2026-109618’ र ‘CVE-2026-109619’ नाम दिइएका यी कमजोरीहरूको फाइदा उठाएर ह्याकरहरूले पासवर्ड नै नचाहिने गरी टाढैबाट सर्भरको नियन्त्रण लिन, सरकारी तथा गोप्य डाटाबेसमा पहुँच पुर्‍याउन र वेबसाइटहरू बिगार्न सक्ने चेतावनी दिइएको छ । पीएचपी फाउन्डेसनले आफ्ना प्रयोगकर्ताहरूलाई तत्काल यो अपडेट लागू गर्न निर्देशन दिएको छ ।

उक्त कमजोरी सुरक्षा कम्पनीहरू ‘क्यालिफ’ र ‘विज’ले एआई टुल प्रयोग गरी गत अगस्टमा पत्ता लगाएका थिए । तय भएको तालिकाभन्दा एक दिनअगावै मंगलबार यसबारे सूचना बाहिरिएपछि ह्याकरहरूले यसको दुरुपयोग गरी आक्रमण सुरु गरिसकेको क्लाउडफ्लेयरका प्रमुख प्रविधि अधिकृत (सीटीओ) डेन क्नेचले बताएका छन् ।

जोखिम बढेपछि अस्ट्रेलिया, जापान तथा युरोपेली देशहरूले सम्भावित आक्रमण रोक्न सावधानी अपनाउँदै सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द (अफलाइन) गरेका छन् । फ्रान्सको पेरिस प्रहरी, जर्मनीका सरकारी आईटी सेवा, बेल्जियमको विदेश मन्त्रालय तथा विकिपिडिया सञ्चालक ‘विकिमिडिया फाउन्डेसन’ ले समेत आफ्ना केही प्रणालीहरू अस्थायी रूपमा बन्द गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले तत्काल प्रणाली अपडेट गर्न नसकिने अवस्था भएमा समस्या समाधान नभएसम्म प्रणाली नै अफलाइन राख्न सिफारिस गरेको छ भने ह्वाइट हाउसले आफ्ना निकायहरूलाई असरबारे मूल्याङ्कन गर्न लगाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरानको धम्की र सुरक्षा जोखिम बढेपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य अखडामा सरे

इरानको धम्की र सुरक्षा जोखिम बढेपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य अखडामा सरे

एजेन्सी । अमेरिका र इरानबीचको तनावपूर्ण द्वन्द्वका बीच इरानबाट ज्यान मार्ने धम्की र सुरक्षा जोखिम उच्च भएपछि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट आफ्नो निजी निवास छोडेर सैन्य अखडामा सरेका छन् । द न्...

#सुरक्षा #जोखिम
Compare →
Nagarik News
4h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Ekantipur
8h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →
Bizshala
15h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#विश्वभर
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा
Compare →

Related Stories

World News
Build #2611