Trending
Prev Story
Next Story

एनपीएल तेस्राे सिजन : डीआरएस लागू, खेल समय पनि परिवर्तन

Arthasansar •
October 21, 2026 • 08:27 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) मा डीआरएस प्रविधि लागू भएसँगै खेल समय परिवर्तन भएको छ । तेस्रो संस्करणको एनपीएलको खेल समय...

एनपीएल तेस्राे सिजन : डीआरएस लागू, खेल समय पनि परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) मा डीआरएस प्रविधि लागू भएसँगै खेल समय परिवर्तन भएको छ । तेस्रो संस्करणको एनपीएलको खेल समय परिवर्तन गरिएको हो ।

डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विशेषगरी, दैनिक दुई वटा खेलहरु हुने दिनमा पहिलो खेल दिनको दिउँसो साढे १२ बजेदेखि शुरु हुनेछ भने दोस्रो खेल बेलुका ५ बजेका लागि तय गरिएको छ । त्यसैगरी एक मात्र खेल हुने दिनमा बेलुका ५ बजेदेखि खेल शुरु हुनेछ । यसअघि दुई वटा खेल हुने दिनमा दोस्रो खेल दिउँसो साढे ४ बजेका लागि राखिएको थियो । त्यस्तै दैनिक एक मात्र खेल हुने दिन दिउँसो साढे ४ बजे शुरु हुने तय भएको थियो ।

एनपीएल यही कात्तिक ९ देखि शुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले खेल्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
8h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
2h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
6h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2611