Trending
Prev Story
Next Story

यी हुन दशैँ अघि प्रतिफल घोषणा गर्ने २५ म्युचुअल फन्ड, कुनको कति ?

Arthasansar •
October 20, 2026 • 08:19 AM
1
1 reads 0 reactions

दशैँ अघि २५ वटा म्युचुअल फन्डहरूले गत आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् । म्युचुअल फन्डले लेखापरीक्षण सम्पन्न...

यी हुन दशैँ अघि प्रतिफल घोषणा गर्ने २५ म्युचुअल फन्ड, कुनको कति ?

दशैँ अघि २५ वटा म्युचुअल फन्डहरूले गत आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् । म्युचुअल फन्डले लेखापरीक्षण सम्पन्न गरी आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । ती फन्डले नगद लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमध्ये सबैभन्दा बढी प्रतिफल हिमालयन ८०–२० ले घोषणा गरेको छ । फण्डले आफ्ना लगानीकर्ताका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै घोषणा गरेको फन्डहरुमध्ये सबैभन्दा कम नबिल ब्यालेन्स्ड फन्ड–३ ले २.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै लाभांश घोषणा गरेका योजनामध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१, प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान १२ प्रतिशत लाभांश दिने भएका छन् । त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले १० प्रतिशत लाभांश घोषणा गरेका छन् । रिलायबल समृद्धि योजनाले ८.४२११ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एमबीएल इक्विटी फन्डले समान ८ प्रतिशत तथा आरबीबी म्युचुअल फन्ड–२ ले ६ प्रतिशत लाभांश दिने भएका छन् ।

त्यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र एनएमबी सरल बचत फन्ड–ईले समान ५.२५ प्रतिशत, सानिमा ग्रोथ फन्डले ५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ४.७ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फन्ड र एनएमबी हाइब्रिड फन्ड एल–२ ले समान ४.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३.५ प्रतिशत, एनएमबी ५० ले ३.१५ प्रतिशत, सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमले ३ प्रतिशत, कुमारी सबल योजनाले २.९ प्रतिशत, आरबीबी म्युचुअल फन्ड–१ ले २.७५ प्रतिशत र मुक्तिनाथ म्युचुअल फन्ड–१ ले २.२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

यस वर्ष सबै म्युचुअल फन्डले लाभांश दिन सक्ने अवस्था भने छैन । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्ड–२ ले यस वर्ष लाभांश नदिने भएका छन् । म्युचुअल फन्डहरूले संकलित रकमको ठूलो हिस्सा धितोपत्र बजारमा लगानी गर्छन् । सेयर बजारमा भएको कारोबार तथा लगानीबाट प्राप्त नाफाका आधारमा इकाइधनीलाई लाभांश वितरण गर्ने गरिन्छ । तर, पछिल्लो समय सेयर बजार नै शंकुचनको अवस्थामा रहेको छ ।

म्युचुअल फन्डका बन्दमुखी र खुलामुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन् । बन्दमुखी योजनामा बुक क्लोजको मितिअनुसार लाभांश पाउने इकाइधनी निर्धारण गरिन्छ र घोषित लाभांश सामान्यतः बैंक खातामा जम्मा हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
8h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा #लाभांश
Compare →
Hamro Patro News
11h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#घोषणा #लाभांश
Compare →
Onlinekhabar
12h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#घोषणा #लाभांश
Compare →
Nagarik News
8h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#लाभांश #कति
Compare →

Related Stories

Business & Economy
Build #2611