तिहार तथा छठलाई लक्षित गर्दै दराजले नोभेम्बर ११ सम्म सञ्चालन गर्ने ११.११ सेलमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भउचर, निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर उपलब्ध हुने जनाएको छ ।
काठमाडौँ — दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान सञ्चालन गरिरहेको छ । ‘वर्षकै सबैभन्दा ठूलो सेल’ भनिएको यो अभियान नोभेम्बर १ राति ८ बजेदेखि सुरु भएको हो । अभियान नोभेम्बर ११ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
अभियानमा विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउचर, निःशुल्क डेलिभरी तथा विभिन्न उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साथै, अनर नेपाल र ग्लेन नेपालमार्फत ग्राहकले थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत पाउनेछन् ।
दराजका अनुसार अभियानमा आठ बैंकका क्रेडिट तथा डेबिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
इसेवा र खल्तीमार्फत भुक्तानी गर्दा पनि विशेष अफरअन्तर्गत १ हजार रुपैयाँसम्म छुट पाइनेछ ।
अभियान अवधिभर विभिन्न ब्रान्डका फ्ल्यास सेल र विशेष अफरसमेत सञ्चालन हुनेछन् ।