Trending
Prev Story
Next Story

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

Onlinekhabar •
November 03, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा …

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ ।

समितिले भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
१० बजे १० समाचार : भाइटीकासँगै सकियो तिहार, रास्वपाका कार्यकर्ताहरूको 'अवसरवाद'

१० बजे १० समाचार : भाइटीकासँगै सकियो तिहार, रास्वपाका कार्यकर्ताहरूको 'अवसरवाद'

काठमाडौँ । आज २०८३ कात्तिक २५ गते बुधबार, भाइटीका । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ : १. आज मनाइयो भाइटीका आज यमपञ्चकक...

#कात्तिक #गते #भाइटी
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक #गते
Compare →
Bizshala
13h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #गते
Compare →
Ekantipur
14h ago
सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

#कात्तिक
Compare →

Related Stories

Technology
Build #2612