Trending
Prev Story
Next Story

माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा

Ekantipur •
November 03, 2026 • 10:02 AM
1
1 reads 0 reactions

केसी पक्षले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताएको छ भने शिक्षा मन्त्रालयले वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको प्रतिक्रिया दिएको छ ।

माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा

केसी पक्षले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताएको छ भने शिक्षा मन्त्रालयले वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको प्रतिक्रिया दिएको छ ।

काठमाडौँ — सरकारले ६ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीका मागहरू पूरा हुँदै गएको र केही पूरा हुने चरणमा समेत रहेको दाबी गर्दै सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरेर केसीले उठाएका धेरैजसो माग कार्यान्वयनमा आइसकेको दाबी गरेको छ । केसी पक्षले भने सरकारले माग पूरा गर्न तथा वार्ता र संवादका लागि पनि बेवास्ता गर्दै आएको बताएको छ । नेपाल चिकित्सक संघ, बृहत् नागरिक आन्दोलनलगायत सरोकारवालाहरूले भने वार्ता र संवादबाट माग सम्बोधन गरी केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् ।

केसीका सहयोगी पवन थापाले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताए । ‘शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर अनशनको सुनुवाइ गरेजस्तो गरेको छ । मागबारे चासो देखाएको छैन,’ उनले भने, ‘डा. केसीको स्वास्थ्य अवस्था धेरै नै बिग्रेपछि इलामबाट काठमाडौं ल्याइएको हो ।’ सरकार डा. केसीको माग र स्वास्थ्यप्रति संवेदनशील नभएको थापाले गुनासो गरे । केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

विगतका सहमतिको कार्यान्वयन अवस्थाको विश्लेषण गर्न शिक्षा मन्त्रालयले २७ साउन २०८३ गतेको मन्त्रीस्तरीय निर्णयबाट अध्ययन कार्यदल गठन गरेको र त्यसको प्रतिवेदनको मस्यौदा तयारी अन्तिम चरणमा रहेको सरकारी भनाइ छ ।

शिक्षा मन्त्रालयले भने वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले सोमबार साँझ विज्ञप्ति जारी गर्दै केसीले उठाएका ६ बुँदे मागको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए । जसमा कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरी एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । साथै, स्वीकृत मापदण्डको अधीनमा रही सरकारी कलेजहरूमा सिट संख्या वृद्धि गरिएको मन्त्रालयले जनाएको छ ।

गेटामा एमबीबीएससहित ९० सिट तोकिए पनि केसीले पूर्वाधारबिनै सिट निर्धारण गरिएकाले त्यसलाई रद्द गरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न माग राखेका छन् । अस्पताल पूर्ण क्षमतामा सञ्चालन भएपछि मात्रै पठनपाठन थाल्नुपर्ने उनको भनाइ छ ।

शिक्षा मन्त्रालयले भने विश्वविद्यालय सञ्चालनका लागि तीन सय शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र त्यसमा क्रमशः क्षमता थप्दै लगिने जनाएको छ । सरकारले गत असारमा मात्रै शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । त्यहाँ कार्यरत चिकित्सकहरूले अस्पतालमा मेडिकल उपकरणसहित जनशक्तिको समेत अभाव रहेको बताउँदै आएका छन् ।

विश्वविद्यालयसम्बन्धी ऐनमा पदाधिकारी नियुक्तिलाई विवादरहित तथा दलीय प्रभावमुक्त बनाउन मापदण्ड थप गरी केही नेपाल ऐन संशोधनको प्रक्रिया सुरु गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । केसीले उठाएको पदाधिकारीहरूको छानबिनको मागबारे भने मन्त्रालय स्वयंले आवश्यक छानबिन गर्ने जनाएको छ । उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग राखेका छन् ।

उपाध्यक्ष डा. देवेन्द्रबहादुर खत्रीको सिट नियुक्तिमा स्वार्थको द्वन्द्व देखिएको केसीको आरोप छ । नेपाली सेनाद्वारा सञ्चालित मेडिकल कलेजसहित सरकारी मेडिकल कलेजमा पनि सिट वृद्धि भएको थियो । खत्री नेपाली सेनाको मेडिकल कलेजका पूर्वप्रिन्सिपल हुन् भने सिट निर्धारणका लागि अनुगमन समितिमा उनले श्रीमती रत्ना खत्रीलाई नियुक्त गरेको आरोप लागेको छ ।

आयोगमा योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको निर्देशक पद रिक्त छ । परीक्षा निर्देशनालयका निर्देशक सन्ध्या चापागाईं आचार्यलाई उक्त निर्देशनालयको निर्देशक पदको जिम्मेवारी दिइएको र विज्ञका रूपमा खत्रीलाई नियुक्त गरिएको आयोगका अधिकारीहरूले बताए । उपाध्यक्ष खत्रीले भने अनुगमन टोलीको सिफारिसका आधारमा सिट निर्धारण गरिएको बताएका छन् । रोस्टरबाट विज्ञ नियुक्त गरिएको उनको भनाइ छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
14h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#केसी
Compare →
Hamro Patro News
3d ago
अभिनेता भुवन केसी ती गायक यी नायक

अभिनेता भुवन केसी ती गायक यी नायक

करिब दश वर्षपछि अभिनेता भुवन केसी निर्देशनमा फर्किएका छन्। उनले निर्देशन गरेको फिल्म ‘बाटुलो जुन’ चर्चामा छ।

#केसी
Compare →

Related Stories

Politics & Governance
Build #2612