Trending
Prev Story
Next Story

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

Onlinekhabar •
November 03, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक …

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपालको सन्दर्भमा भइरहेको विकासको केन्द्रीकरणलाई विकेन्द्रीकृत गर्नेगरि सार्वजनिक लगानी केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

सरकारले निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेका क्षेत्रमा पूर्वाधार तथा अन्य आवश्यक सुविधा उपलब्ध लगानीको वातावरण सिर्जना गर्नुपर्ने उपाध्यक्ष भट्टको भनाइ छ ।

उनले एउटै नदीमा आधारित धेरै हाइड्रोपावर हुँदा कुनै बाढी वा विपद आउँदा त्यसको क्षति अत्यधिक हुने हुनसक्ने देखिएकाले त्यस्ता अवस्थाप्रति पनि सजक हुनुपर्ने बताए ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612