Trending
Prev Story
Next Story

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

Onlinekhabar •
November 03, 2026 • 10:00 AM
1
1 reads 0 reactions 4 comments

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने …

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ?

पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ ।

हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने आणविक परिवर्तनले पार्किन्सन्सजस्तो गम्भीर स्नायु रोगको अवस्था बिग्रँदै गएको पूर्वसंकेत दिन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

‘मुभमेन्ट डिसअर्डर्स जर्नल’ मा प्रकाशित नयाँ अनुसन्धानअनुसार, स्पेनका एक व्यक्तिलाई निकै कम उमेरमै पार्किन्सन्स रोग देखा परेको थियो । उनको रोग यति तीव्र गतिमा बढ्यो कि केही समयमै उनी डिमेन्सियाबाट समेत पीडित भए ।

स्पेनको ‘जर्मन्स ट्रियास आई पुजोल रिसर्च इन्स्टिच्युट’ का वैज्ञानिकहरूले उनको जिनोमको गहिरो अध्ययन गर्दा एउटा विशेष आनुवंशिक क्षेत्रका तीनवटा कपी फेला पारे ।

जिनोमको उक्त विशेष क्षेत्रमा ‘एसएनसीए’ नामको जीन हुन्छ । यस जीनले ‘अल्फा–सिन्युक्लिन’ नामक प्रोटिन उत्पादन गर्न मद्दत गर्छ । पार्किन्सन्स रोगमा यही प्रोटिन एकआपसमा टाँसिएर थुप्रो बन्ने गर्छ ।

यस अनुसन्धानमा सबैभन्दा महत्त्वपूर्ण कुरा के देखियो भने, ती व्यक्तिको जीनमा भएको परिवर्तन ‘डी नोभो’ प्रकृतिको थियो । यसको अर्थ उक्त आनुवंशिक परिवर्तन आमाबुबाबाट सरेर आएको थिएन, ती व्यक्तिको शरीरमै नयाँ रूपमा उत्पन्न भएको थियो।

यसले पार्किन्सन्स रोग सधैँ आमाबुबाबाट सन्तानमा सर्ने आनुवंशिक कारणले मात्र हुन्छ भन्ने कुरा सही नभएको देखाउँछ ।

प्लेटलेट्सले दिए सबैभन्दा स्पष्ट संकेत

वैज्ञानिकहरूले ती व्यक्तिको स्वास्थ्य अवस्थालाई विभिन्न समयमा सूक्ष्म रूपमा अध्ययन गरे । उनीहरूले ४१ वर्षको उमेरमा, अर्थात् रोग सुरु भएको प्रारम्भिक अवस्थामा र ४४ वर्षको उमेरमा, अर्थात् डिमेन्सिया देखिइसकेको अवस्थामा उनको जीनको सक्रियताको तुलना गरे।

यस तुलनात्मक अध्ययनमा रोग बढ्दै जाँदा देखिने आणविक परिवर्तनहरू समग्र रगतको तुलनामा प्लेटलेट्समा निकै स्पष्ट रूपमा देखिएको पाइयो।

रोगको पहिचान र निगरानीमा सहयोग पुग्न सक्ने

यो नयाँ खोजले भविष्यमा पार्किन्सन्स रोगलाई प्रारम्भिक चरणमै पहिचान गर्न र रोगको अवस्था कसरी अगाडि बढिरहेको छ भन्ने कुरा निगरानी गर्न नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।

यद्यपि, यो अध्ययन एक जना बिरामीमा आधारित भएकाले प्लेटलेट्समा देखिने यस्ता परिवर्तनलाई पार्किन्सन्स रोग पहिचान गर्ने भरपर्दो परीक्षणका रूपमा स्थापित गर्न थप अनुसन्धान आवश्यक देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
यो जीवसँग तीनवटा मुटु हुन्छन्! अझ अचम्मको कुरा, यसको रगत निलो हुन्छ!

यो जीवसँग तीनवटा मुटु हुन्छन्! अझ अचम्मको कुरा, यसको रगत निलो हुन्छ!

काठमाडौं। प्रकृतिमा यस्ता जीवहरू पनि छन्, जसको शरीरको बनावट मानिसको कल्पनाभन्दा बिल्कुलै फरक छ। समुद्रमा पाइने अक्टोपस त्यस्तै एउटा अद्भुत जीव हो। अक्टोपससँग तीनवटा मुटु हुन्छन्। तीमध्ये दुईवटाले ...

#रगत
Compare →
Nagarik News
4d ago
आजको डलरमूल्य थाहा पाउनुहोस्

आजको डलरमूल्य थाहा पाउनुहोस्

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

#थाहा #पाउन
Compare →

Related Stories

Sports
Build #2612