Trending
Prev Story
Next Story

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

Bizshala •
November 03, 2026 • 09:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा कांग्रेस नेता मिनेन्द्र...

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ ।  पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्री गर्न मन्त्रिपरिषद्बाट निर्णय गराइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र रिजाललाई प्रतिवादी बनाएको हो ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले उक्त कम्पनीको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्रीका लागि सहमति दिएको विषयलाई लिएर अख्तियारले भ्रष्टाचार कसुरमा मुद्दा अघि बढाएको हो ।

विशेष अदालत स्रोतका अनुसार अख्तियारबाट पेश भएको आरोपपत्र अध्ययनपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल यसअघि पतञ्जलि योगपीठको हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा प्रकरणमा पनि अख्तियारको भ्रष्टाचार मुद्दाका प्रतिवादी छन् । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा तीन मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक …

#भ्रष्टाचार #अख्तियार #मुद्दा
Compare →
Hamro Patro News
1w ago
सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अ...

#भ्रष्टाचार #मुद्दा
Compare →
Nagarik News
5d ago
‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

#भ्रष्टाचार
Compare →
Ekantipur
1w ago
पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश

पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश

अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध ३ अर्ब ६२ कराेड बिगाे दाबी गरेकाे थियो ।

#अख्तियार #मुद्दा
Compare →

Related Stories

Politics & Governance
Build #2611