Trending
Prev Story
Next Story

तिहारमा फूलमाला बिक्री : काठमाडौं महानगरका यी ३३ ठाउँबाट किन्न पाइने

Arthasansar •
November 03, 2026 • 07:05 AM
1
1 reads 0 reactions

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ ।...

तिहारमा फूलमाला बिक्री : काठमाडौं महानगरका यी ३३ ठाउँबाट किन्न पाइने

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ ।

महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ । महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ ।

त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ । महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
12h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #काठमाडौं #महानगर
Compare →
Onlinekhabar
12h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #काठमाडौं #महानगर
Compare →
Hamro Patro News
1d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बिक्री
Compare →

Related Stories

National (Nepal)
Build #2611