Trending
Prev Story
Next Story

माया खोला हाइड्रोको नाफामा छलाङ, अन्य सूचक कस्तो ?

Bizshala •
November 03, 2026 • 07:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा आकर्षक सुधार गरेको छ ।...

माया खोला हाइड्रोको नाफामा छलाङ, अन्य सूचक कस्तो ?

काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा आकर्षक सुधार गरेको छ । कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२४ प्रतिशतभन्दा बढीले बढेको छ ।

कम्पनीले असोज मसान्तसम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसरी एक वर्षमै कम्पनीले नाफा करिब ३ करोड ५४ लाख रुपैयाँले बढाएको हो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १३ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । आम्दानीमा करिब ६.८ प्रतिशतको वृद्धि भएको हो ।

आम्दानीमा सामान्य वृद्धि हुँदासमेत नाफामा ठूलो छलाङ आउनुको प्रमुख कारण वित्तीय लागतमा आएको गिरावट देखिन्छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६६ लाख रुपैयाँ वित्तीय लागत बेहोरेकोमा यस वर्ष यस्तो खर्च घटेर ३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । अर्थात् वित्तीय लागत करिब ३७ प्रतिशत घटेको छ ।

कम्पनीको करअघिको नाफा पनि गत वर्षको २ करोड ९७ लाख रुपैयाँबाट बढेर यस वर्ष ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । रिजर्भ तथा सरप्लस भने अझै ३२ करोड २६ लाख रुपैयाँ ऋणात्मक छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चित घाटा करिब ३६ करोड ८३ लाख रुपैयाँ रहेकाले यसमा समेत सुधार देखिएको छ ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति करिब ३ अर्ब ११ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने दीर्घकालीन ऋण २ अर्ब २४ करोड २१ लाख रुपैयाँ हाराहारीमा रहेको छ ।

नाफामा आएको ठूलो सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी ६.३८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ६७.७४ रुपैयाँ कायम भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
11h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Hamro Patro News
10h ago
बूढी खोलामा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू

बूढी खोलामा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू

काठमाडौँ। सुनसरी र मोरङको सीमा क्षेत्रमा पर्ने इटहरीको बूढी खोलामा छठ पर्व मनाउन भव्य तयारी सुरु गरिएको छ। छठ पर्व नजिकिएसँगै बूढी खोला किनारमा छठ घाट निर्माण, सरसफाइ तथा सजावटका कामलाई तीव्रता दि...

#खोला
Compare →
Arthasansar
14h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611