Trending
Prev Story
Next Story

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

Bizshala •
November 03, 2026 • 07:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ ।ग्राहकको आवश्यकता सुविधा र...

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ ।

ग्राहकको आवश्यकता सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बैंकले दराज नेपालको ११.११ अभियानमा आफ्ना ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरेको जनाएको छ ।

सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन् ।

बैंकका अनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ । अभियान अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’का आधारमा छुट उपलब्ध गराइनेछ ।

बैंकले यस किसिमको सहकार्यबाट डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार हुने र ग्राहकको भुक्तानी प्रक्रियालाई थप सहज तथा सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
15h ago
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको …

#दराज #अभियान
Compare →
Hamro Patro News
15h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#महालक्ष्मी #विकास
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#महालक्ष्मी #विकास
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य
Compare →
Ekantipur
5d ago
गोल्याण फाउन्डेसनको अभियान : कुकुरलाई एक दिन माला होइन, वर्षैभरि माया

गोल्याण फाउन्डेसनको अभियान : कुकुरलाई एक दिन माला होइन, वर्षैभरि माया

काठमाडौंको नयाँबानेश्वरबाट सुरु अभियानमा सामुदायिक कुकुरको तथ्यांक, स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिताबारे अध्ययन गरिने फाउन्डेसनले जनाएको छ ।

#अभियान
Compare →

Related Stories

Business & Economy
Build #2611