एजेन्सी । प्रख्यात अर्थविद् प्राध्यापक जेफ्री डी स्याक्सले यस शताब्दीको अन्त्यसम्ममा भारतको जनसंख्या चीनको भन्दा दोब्बर हुने र भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् ।
भारतको वाराणसीमा आयोजित ‘आधुनिक चुनौतीका लागि प्राचीन ज्ञान’ विषयक विश्व सम्मेलनमा बोल्दै उनले विश्व अब बहुध्रुवीय युगमा प्रवेश गरिसकेको उल्लेख गरे । ‘अब कुनै एक क्षेत्र वा कुनै एउटा मात्र देशको विश्वमा प्रभुत्व रहने छैन,’ उनले भने ।
Read full story at source ( clickmandu.com )