काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्।
आजको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको जनकपुर आजको खेल जितेर अंक तालिकामा आफ्नो स्थान थप मजबुत बनाउन चाहन्छ। यता विराटनगर पनि जित निकाल्दै अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने लक्ष्यमा हुनेछ। दुवै टोलीमा ब्याटिङ र बलिङतर्फका सक्षम खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Read full story at source ( corporatenepal.com )