Trending
Prev Story
Next Story

विमानस्थल र पूर्वाधारमा आक्रमण बढेपछि साउदीबाट अमेरिकी दूतावासका कर्मचारी फिर्ता गरिँदै

Arthasansar •
October 22, 2026 • 07:33 AM
2
2 reads 0 reactions

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई...

विमानस्थल र पूर्वाधारमा आक्रमण बढेपछि साउदीबाट अमेरिकी दूतावासका कर्मचारी फिर्ता गरिँदै

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई फिर्ता हुन (देश छाड्न) आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत साउदी अरबमा रहेका गैर -आकस्मिक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन् । इरान समर्थित हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण बढाउँदै नागरिक विमानस्थल र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरेको तथा त्यसबाट सर्वसाधारणको ज्यान जानुका साथै यात्रामा गम्भीर अवरोध उत्पन्न भएको प्रवक्ता पिगटले उल्लेख गरेका छन् ।

बढ्दो सुरक्षा जोखिमका कारण साउदी अरबमा कर्मचारीको उपस्थिति घटाइरहँदा त्यस क्षेत्रका अन्य केही अमेरिकी कूटनीतिक नियोगहरूले पनि हुथीको सम्भावित खतरालाई ध्यानमा राख्दै कर्मचारी व्यवस्थापनमा फेरबदल गरिरहेका छन् ।

विदेश मन्त्रालयले बुधबार एक ‘सुरक्षा सतर्कता’ जारी गर्दै अमेरिकी नागरिकहरूलाई विमानस्थलहरूमा हुन सक्ने सम्भावित आक्रमण र यात्रा अवरोधबारे सचेत रहन आग्रह गरेको छ । पछिल्ला साताहरूमा हुथीहरूले रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, साउदी सैन्य प्रतिष्ठान, तेल पूर्वाधार र सामुद्रिक मार्गलाई लक्षित गरी शृंखलाबद्ध आक्रमणहरू गरेपछि यो चेतावनी आएको हो । नयाँ निर्देशनअनुसार साउदीमा कार्यरत अमेरिकी सरकारी कर्मचारीहरूले हालैका मिसाइल तथा ड्रोन आक्रमणपछि त्यहाँका कुनै पनि विमानस्थल प्रयोग गर्न नियोग प्रमुख (चिफ अफ मिसन) बाट विशेष अनुमति लिनुपर्नेछ ।

यसैबिच, बुधबार साउदी अरबले कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। त्यसमध्ये पूर्वी प्रान्तस्थित शायबाह तेल क्षेत्रलाई लक्षित गरी गरिएको एक आक्रमणमा दुई विदेशी कामदारको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार पक्षधर र साउदी समर्थित फौजले विभिन्न मोर्चामा हुथीविरुद्ध कारबाही विस्तार गरेका छन् भने साउदी वायुसेनाले हवाई सुरक्षा प्रदान गरिरहेको छ । अमेरिकाले पनि गुप्तचरी र सूचना आदानप्रदानमार्फत साउदी अरबलाई सैन्य सहयोग बढाएको छ । यद्यपि, साउदीले हुथीविरुद्ध थप आक्रामक सहयोग मागे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म हुथीविरुद्ध प्रत्यक्ष सैन्य प्रहार गर्ने निर्णय गरेका छैनन् ।

साउदी अरबमाथि आक्रमण बढ्दै गएपछि अन्य मित्रराष्ट्रहरूले पनि सहयोगको दायरा बढाएका छन् । बेलायतले हुथी आक्रमणबाट साउदी अरबको रक्षा गर्न लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि सबै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् । बिहीबार सेलम न्युज नेटवर्कलाई दिएको अन्तर्वार्त...

#आक्रमण #अमेरिकी
Compare →
Onlinekhabar
12h ago
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

#आक्रमण
Compare →
Nagarik News
17h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Bizshala
20h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

Business & Economy
Build #2612