Trending
Prev Story
Next Story

महिलाको निजी भिडियो रेकर्ड गरी अरूलाई देखाउने व्यक्ति पक्राउ

Nagarik News •
November 03, 2026 • 02:11 AM
1
1 reads 0 reactions

सोही कसुरमा उनलाई काठमाडौं महानगरपालिका-३, धनेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोट ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

1 / 2
Swipe Photos

विद्युतीय कारोबारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा कालीकोटका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालीकोटको साविक जुविथा गाविस-३ हाल तिलागुफा नगरपालिका-३ का ३७ वर्षीय खगेन्द्रप्रसाद न्यौपाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार न्यौपानेले एक महिलाको निजी भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिलाई देखाउने तथा सेयर गर्ने गरेको आरोप छ।

सोही कसुरमा उनलाई काठमाडौं महानगरपालिका-३, धनेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोट ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

यसैबिच, उक्त भिडियो धेरै व्यक्तिका डिजिटल उपकरण तथा सामाजिक सञ्जालमा समेत हुन सक्ने भन्दै प्रहरीले भिडियो सेयर, डाउनलोड तथा प्रचारप्रसार नगर्न आग्रह गरेको छ।

भिडियो सेयर गर्ने, प्रचारप्रसार गर्ने तथा सामाजिक सञ्जालमा फैलाउने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

पीडितको गोपनीयता, मर्यादा र सम्मानको संरक्षणका लागि भिडियो वा त्यससँग सम्बन्धित कुनै पनि सामग्री सेयर, डाउनलोड तथा प्रचारप्रसार नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०७:५६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
[अर्काइभ] संसद्‌को रेकर्ड सर्वोच्च अदालतलाई दिने कि नदिने त्यो बहस...

[अर्काइभ] संसद्‌को रेकर्ड सर्वोच्च अदालतलाई दिने कि नदिने त्यो बहस...

[अर्काइभ] संसद्‌को रेकर्ड सर्वोच्च अदालतलाई दिने कि नदिने त्यो बहस... २०५७ सालमा नुवाकोट–१ को पुनः मतगणनासम्बन्धी संसदीय छलफलको अभिलेख सर्वोच्चले मागे पनि कार्यव्यवस्था परामर्श समितिले उपलब्ध नगरा...

#रेकर्ड
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →
Onlinekhabar
5d ago
पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

२१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् । खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक …

#गरी
Compare →

Related Stories

Technology
Build #2612