Trending
Prev Story
Next Story

न्युकासललाई हराएर एभरटन सातौंमा

Ekantipur •
November 03, 2026 • 01:32 AM
1
1 reads 0 reactions

एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ ।

न्युकासललाई हराएर एभरटन सातौंमा

एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ ।

काठमाडौँ — एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । हारले न्युकासलका प्रशिक्षक म्याथिस यासलेमाथि दबाब बढेको छ ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा एक मात्र गोल थिएर्नो बेरीले गरे । खेलको अन्त्यतिर हरिसन आम्स्ट्रङमाथि डरलाग्दो फल गरेपछि ज्याकोब राम्सीलाई रातो कार्ड देखाइएको थियो र न्युकासल दस खेलाडीमा सीमित रह्यो ।

साउदी लगानी रहेको न्युकासल सबै प्रतियोगिताका पछिल्ला पाँचमध्ये चार खेलमा पराजित रहेको छ । यस्तै पछिल्ला सातमध्ये दुई खेलमै मात्र न्युकासल विजयी रहेको छ ।

एभरटनको १३ अंक भएको छ भने न्युकासल ११ अंकमा १३ औं स्थानमा रह्यो ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2611