Trending
Prev Story
Next Story

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

Onlinekhabar •
November 03, 2026 • 01:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् । धान …

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

१७ कात्तिक, भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।

भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए ।

‘केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ’, उनले भने, ‘अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।’

किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए । वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ ।

‘हामी किसान धान भण्डारणको काममा लागेका छौँ’, उनले भने, ‘अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।’

धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
8h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #किसान
Compare →
Nagarik News
21h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#मौसम
Compare →
Hamro Patro News
1d ago
मौसम परिवर्तन : रुघाखोकी र ज्वरोबाट कसरी बच्ने ? यी हुन् ५ प्रमुख कारण

मौसम परिवर्तन : रुघाखोकी र ज्वरोबाट कसरी बच्ने ? यी हुन् ५ प्रमुख कारण

काठमाडौँ । मौसम परिवर्तनसँगै यदि तपाईंलाई पनि बारम्बार रुघाखोकी, ज्वरो र घाँटी खसखसाउने समस्या भइरहेको छ भने यसलाई सामान्य मौसमी समस्या ठानेर बेवास्ता नगर्नुहोस्। मौसमको उतारचढावले हाम्रो स्वास्थ्...

#मौसम
Compare →
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२६ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम
Compare →
Arthasansar
1d ago
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

#मौसम
Compare →

Related Stories

Business & Economy
Build #2611