Trending
Prev Story
Next Story

क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार

Onlinekhabar •
November 03, 2026 • 01:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । क्यालिफोर्नियामा गैरनागरिकले मतदान गरेको हुनसक्ने भन्दै करिब २० हजार मतपत्र अलग राख्न डोनाल्ड ट्रम्प प्रशासनले गरेको माग अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अमेरिकामा मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि सर्वोच्च अदालतले …

क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार

१७ कात्तिक, काठमाडौं । क्यालिफोर्नियामा गैरनागरिकले मतदान गरेको हुनसक्ने भन्दै करिब २० हजार मतपत्र अलग राख्न डोनाल्ड ट्रम्प प्रशासनले गरेको माग अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अमेरिकामा मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि सर्वोच्च अदालतले ट्रम्प प्रशासनको माग खारेज गरेको हो ।

अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियाका निर्वाचन अधिकारीलाई ती मतपत्रको गणना रोक्न र नागरिकता प्रमाणित नभएसम्म अलग राख्न आदेश दिन माग गर्दै ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । तर त्यसलाई सर्वोच्च अदालतले अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

सर्वोच्च अदालतको यो निर्णयसँगै तल्ला अदालतबाट भएका फैसला कायम रहने भएका छन् । यसले विवादित मतपत्रलाई गणनाबाट अलग राख्न ट्रम्प प्रशासनले गरेको पछिल्लो प्रयास पनि असफल भएको छ ।

अमेरिकी न्याय मन्त्रालयले गत महिना क्यालिफोर्नियाको मतदाता नामावलीमा करिब २० हजार गैरनागरिक मतदाता हुन सक्ने दाबी गरेको थियो । उनीहरूको नागरिकता प्रमाणीकरण नभएसम्म मतदान गर्न नदिन र ती मतपत्र गणना नगर्न मन्त्रालयले माग गरेको थियो ।

तर, क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूले संघीय सरकारलाई राज्यको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै उक्त दाबीको प्रतिवाद गरेका थिए ।

यस विषयमा तल्ला अदालतहरूले पनि ट्रम्प प्रशासनको माग अस्वीकार गरेका थिए । पुनरावेदन अदालतले समेत दुई पटक प्रशासनको पक्षमा फैसला नगरेपछि ट्रम्प प्रशासनले निर्वाचनको अघिल्लो दिन सर्वोच्च अदालत गुहारेको थियो ।

सर्वोच्च अदालतले भने कुनै विस्तृत कारण नखुलाई एक वाक्यको आदेशमार्फत निवेदन अस्वीकार गरेको हो । आदेशमा न्यायाधीश एलिना कागनसमक्ष पेस भएको र पछि पूर्ण अदालतमा पठाइएको निषेधाज्ञासम्बन्धी निवेदन अस्वीकार गरिएको उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा व्यापक निर्वाचन धाँधली हुने र डेमोक्रेटिक पार्टीले आप्रवासीलाई अवैध रूपमा मतदान गर्न दिएर निर्वाचन प्रभावित पार्ने गरेको आरोप लगाउँदै आएका छन् । उनले विशेषगरी हुलाकमार्फत हुने मतदानप्रति पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।

तर, गैरनागरिकसहित मतदानका लागि अयोग्य व्यक्तिले मतदान गर्ने घटना दुर्लभ रहेको विभिन्न अध्ययन तथा राज्यस्तरीय लेखापरीक्षणले देखाएका छन् ।

क्यालिफोर्नियामा करिब २ करोड ६० लाख मतदाता दर्ता छन् । अमेरिकी प्रतिनिधिसभामा सबैभन्दा बढी ५२ सिट रहेको यो राज्यको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा समेत महत्व राख्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
21h ago
ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार गरे!

ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार गरे!

म्यानचेस्टर युनाइटेडका कप्तान तथा पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेसले क्लबले गरेको सम्झौता नवीकरणको दोस्रो प्रस्तावसमेत अस्वीकार गरेको खबर सार्वजनिक भएको छ। क्लबसँगको सम्झौता लम्ब्याउने विषयमा छलफ...

#अस्वीकार
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Nagarik News
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#ट्रम्प
Compare →

Related Stories

National (Nepal)
Build #2611