Trending
Prev Story
Next Story

संखुवासभा गोल्डकप : न्यू स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा

Ekantipur •
November 02, 2026 • 01:01 PM
1
1 reads 0 reactions

सोमबार सम्पन्न खेलमा न्यू स्टारले आयोजक एड्भान्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दा प्लानिङ ब्वाइजले खाँदबारी युथ क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

संखुवासभा गोल्डकप : न्यू स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा

सोमबार सम्पन्न खेलमा न्यू स्टारले आयोजक एड्भान्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दा प्लानिङ ब्वाइजले खाँदबारी युथ क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

संखुवासभा — संखुवासभाको खाँदबारीमा सोमबारदेखि जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगितामा धरानको न्यू स्टार क्लब र काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । सोमबार सम्पन्न खेलमा न्यू स्टारले आयोजक एड्भान्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दा प्लानिङ ब्वाइजले खाँदबारी युथ क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा न्यू स्टार क्लबले आयोजक एड्भान्स क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित गर्‍यो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो ।

खेलको सुरुदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए । पटकपटक गोल गर्ने अवसर मिले पनि निर्धारित समयमा दुवै पक्ष गोल गर्न असफल भए । अन्ततः ट्राइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू स्टारले सेमिफाइनल यात्रा तय गर्‍यो ।

सोमबार नै सम्पन्न अर्को खेलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले खाँदबारी युथ क्लबलाई पराजित गर्‍यो । खेलको दोस्रो हाफ सुरु भएको तेस्रो मिनेट अर्थात् ४८औँ मिनेटमा प्लानिङ ब्वाइजका फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । थारूको उक्त गोलसँगै प्लानिङ ब्वाइजले जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान पक्का गर्‍यो ।

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा सिरहाको सलहेश युवा क्लब र लोहोरुङ क्लब पाङ्माबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब आमनेसामने हुनेछन् ।

अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) को आयोजनामा सञ्चालित प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगितामा आयोजक एड्भान्स क्लबसहित सुनसरीको न्यू स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल कात्तिक २० गते शुक्रबार हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्न…

#क्लब #संखुवासभा #गोल्डकप
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।

#क्लब #गोल्डकप
Compare →

Related Stories

Sports
Build #2612