Trending
Prev Story
Next Story

राज्य सञ्चालनलाई खेलौना बनाइएको छ : शंकर पोखरेल

Ekantipur •
November 02, 2026 • 11:32 AM
1
1 reads 0 reactions

बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी गरे ।

राज्य सञ्चालनलाई खेलौना बनाइएको छ : शंकर पोखरेल

बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी गरे ।

बुटवल — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार प्रमुखले राज्य सञ्चालनलाई खेलौना जस्तो बनाएको आरोप लगाएका छन् । सरकारका हरेक गतिविधि संविधान र लोकतन्त्रलाई कमजोर बनाउने दिशामा अघि बढेको उनको दाबी छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी गरे । ‘जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा सामाजिक सञ्जालका गतिविधिले राज्यको जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटी खेले जस्तो बनाइएको छ,’ उनले भने, ‘यस्ता गतिविधिले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइरहेको छ ।’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै ‘तिम्रो नाम २८ जनाको सूचीमा परेन भने तिमी के पत्रकार ?’ भन्दै पत्रकारहरूलाई नै मेन्सन गरिरहेको उनले बताए । ‘राज्य यस्तो प्रकारको ठट्टा मजाकको विषय बन्न सक्दछ ? जति जिम्मेवार ओहदामा भयो त्यति ज्यादा संयमित र जिम्मेवार हुनुपर्दछ,’ उनले भने, ‘तर आज हाम्रा मुलुकका कार्यकारी भूमिकामा रहेका मान्छेहरूका सोसल मिडियाका गतिविधिहरू हेर्ने हो, पढ्ने हो भने राज्य बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो विषय बनाइएको छ । राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन ।’

सरकारका अहिलेका सबै गतिविधिले मुलुकको लोकतान्त्रिक व्यवस्थाको भविष्यमाथिसमेत संकट उत्पन्न हुने संकेतहरू देखिएको उनले बताए । विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन र सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको समेत उनले बताए ।

लोकतन्त्रको आधार संगठित हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भए पनि पछिल्लो समय विद्यार्थी संगठनका गतिविधि प्रतिबन्धित गर्ने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनलाई समेत गतिविधि नगर्न निर्देशन दिने जस्ता काम अहिले सरकारबाटै भइरहेको उनले बताए । सरकारका गतिविधिप्रति स्वयं रास्वपा समेत सन्तुष्ट नरहेको पोखरेलको दाबी छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । उनले विगतको राजनीति...

#पोखरेल #शंकर
Compare →
Nagarik News
1w ago
हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारपछि एमाले नयाँ ढंगले अघि बढ्ने प्रयासमा रहेको बताएका छन्।

#पोखरेल #शंकर
Compare →
Onlinekhabar
1w ago
प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको …

#पोखरेल #शंकर
Compare →
Arthasansar
1w ago
आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2611