Trending
Prev Story
Next Story

वित्तीय प्रविधिको प्रवर्द्धनमा राष्ट्र बैंक: बालुवाटारमा फिनटेक सोकेस

Ekantipur •
November 02, 2026 • 11:32 AM
1
1 reads 0 reactions

डिजिटल लेन्डिङदेखि एआईसम्मका प्रविधि प्रदर्शन गरिएको सोकेसले वित्तीय नवप्रवर्तन, डेटा सुरक्षा र समावेशी सेवाबारे बहस बढाएको छ ।

वित्तीय प्रविधिको प्रवर्द्धनमा राष्ट्र बैंक: बालुवाटारमा फिनटेक सोकेस

डिजिटल लेन्डिङदेखि एआईसम्मका प्रविधि प्रदर्शन गरिएको सोकेसले वित्तीय नवप्रवर्तन, डेटा सुरक्षा र समावेशी सेवाबारे बहस बढाएको छ ।

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित आफ्नै कार्यालय परिसरमा ‘फिनटेक इन्नोभेसन सोकेस’ कार्यक्रम आयोजना गरेको छ । वित्तीय क्षेत्रमा नवीन प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको राष्ट्र बैँकले जनाएको छ ।

सोमबार दिनभर सञ्चालन भएको यस कार्यक्रममा विभिन्न प्रविधि कम्पनीले २७ वटा बुथमार्फत आफ्ना डिजिटल वित्तीय नवप्रवर्तनको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा डिजिटल लेन्डिङ, आर्टिफिसियल इन्टेलिजेन्स, ओपन बैंकिङ, साइबर सुरक्षा र क्लाउड सेवाजस्ता विषय समावेश थिए ।

प्रदर्शनीका साथै विभिन्न फिनटेक कम्पनीले आफ्ना नवप्रवर्तनबारे प्रस्तुतीकरण दिए । साथै ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर द अन्डरसर्भ्ड’ शीर्षकमा प्यानल छलफलसमेत सञ्चालन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न नियामकीय व्यवस्था सुदृढ बनाइँदै लगिएको बताए । बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र नियामक निकायबीचको सहकार्यले मात्र डिजिटल वित्तीय प्रणाली प्रभावकारी हुने उनको भनाइ थियो ।

गभर्नर पौडेलले एआई, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच र गुणस्तर बढाउने उल्लेख गरे । राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्सको कार्यान्वयन र फिनटेक रणनीति अघि बढाएको जानकारीसमेत उनले दिए ।

सोही कार्यक्रमका सहभागी वित्तीय-प्रविधि कम्पनी ‘वान प्वइन्ट’का प्रताप श्रेष्ठले वाणिज्य बैंकहरूलाई एपीआई म्यानेजमेन्ट प्लाटफर्म उपलब्ध गराइरहेको बताए । नेपालका बैंकमा प्रविधि उपलब्ध भए पनि ओपन बैंकिङ र डेटा सेयरिङका लागि स्पष्ट प्रोटोकल र नियमनको आवश्यकता रहेको उनले औंल्याए । ‘ग्राहकको डेटा सेयर गर्दा सोही ग्राहकको सहमति र स्पष्ट मापदण्ड हुनुपर्छ,’ उनले भने ।

त्यस्तै, ‘थर्ड फ्याक्टर एआई’का निशेष सुवेदीले आफ्नो कम्पनीले एआईमा आधारित पहिचान प्रमाणीकरण र केवाईसी सोलुसनमा काम गरिरहेको जानकारी दिए । अनुहार र कागजात प्रमाणीकरण गरी तेस्रो फ्याक्टरमार्फत वित्तीय संस्थामा डिजिटल अनबोर्डिङ सहज बनाइएको उनले बताए ।

कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले आफ्ना भनाइ राखे थिए । नेपाल राष्ट्र बैंकले स्थापना गरेको ‘डिजिटल स्यान्डबक्स’ मा आवेदन आह्वान गर्नुअघि बजारका नवप्रवर्तन र विषयहरू बुझ्न यो सोकेस आयोजना गरिएको उनले स्पष्ट पारे ।

सरोकारवालाहरूबीच नेटवर्किङ गराउन र डिजिटल फाइनान्स इनोभेसन हबमार्फत गैर-नियामकीय मार्गदर्शन दिन सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी अधिकारीले बताए । नयाँ आइडिया र प्रविधिलाई नियामकीय छुटसहित परीक्षण गर्ने वातावरण बनाउन राष्ट्र बैंक तत्पर रहेको उनले उल्लेख गरे ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना ‘सोकेस’ गरिने

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना ‘सोकेस’ गरिने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमा लगानीका लागि नेपालमा गरिएका कानुनी तथा नीतिगत सुधारसमेत ‘सोकेस’ गरिने जानकारी दिए।

#सोकेस
Compare →
Hamro Patro News
1w ago
कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै, सातै प्रदेशमा किन घट्यो कर्जा ?

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै, सातै प्रदेशमा किन घट्यो कर्जा ?

काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै गएको छ । नेपाल राष्ट्र बैंकको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय नेपालका सातै प्रदेशमा क...

#वित्तीय
Compare →
Arthasansar
1w ago
कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?

कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?

कालिकञ्चोक दर्शन लिमिटेडको नोक्सानी बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा...

#वित्तीय
Compare →
Bizshala
1w ago
कलंगा हाइड्रोको नाफा ७५ प्रतिशत बढ्दा आम्दानीमा सामान्य सुधार, ऋणको लागत घट्दा चम्कियो वित्तीय विवरण

कलंगा हाइड्रोको नाफा ७५ प्रतिशत बढ्दा आम्दानीमा सामान्य सुधार, ऋणको लागत घट्दा चम्कियो वित्तीय विवरण

काठमाण्डौ । कलंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर यो वृद्धिको...

#वित्तीय
Compare →
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#वित्तीय
Compare →

Related Stories

Technology
Build #2611