Trending
Prev Story
Next Story

प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

Onlinekhabar •
November 04, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको …

प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् ।

उनले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गरे । उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्त्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उनको टिप्पणी छ ।

२०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने उनले बताए।

महासचिव पोखरेलले २३ र २४ भदौको घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताए ।

पार्टी नेतृत्वमा रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ ।

उनकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उनले बताए।

२१ फागुनमा सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा कामको आधारमा जनमत पुनः प्राप्त गर्न सकिने अपेक्षा गरिएको भए पनि परिणाम सोचेअनुसार आउन नसकेको उनले स्वीकार गरे ।

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सीमित हुनु अकल्पनीय हार भएको उनको टिप्पणी छ ।

उनले निर्वाचनको परिणामपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको जानकारी दिए । निर्वाचन परिचालन कमिटीले कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार गरेको र त्यसपछि सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उनले बताए ।

पोखरेलले भने, ‘भदौ २३ र २४ गतेका घटनापछि पार्टीले ठूलो राजनीतिक धक्का व्यहोर्नुपर्‍यो । फागुन २१ गतेको निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन सकेन र पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सीमित भयो । यसले पार्टीको अवस्था र भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखायो ।’

उनले अगाडि भने, ‘अब विगतका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ । यही आधारमा वर्तमान चुनौतीको सामना गर्दै समाजवाद निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।’

पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । पार्टीभित्र एकता कायम गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने उनको भनाइ छ ।

उनले विगतमा नेपालमा वामपन्थी शक्तिहरूले उल्लेख्य जनमत हासिल गरेको स्मरण गर्दै त्यसको आधार र उपलब्धिको समीक्षा गरेर आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
10h ago
एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन् । ...

#काठमाडौं #पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2611