सुदूरपश्चिम । पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको छ ।
व्यवसायी सङ्घ कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी काठ तथा दाउराको सङ्कलन, बिक्री वितरण र ओसारपसारमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन प्रदेश सरकारसँग माग गरेको हो । सङ्घले यसअघि पटकपटक व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको भन्दै पत्रकार सम्मेलनमार्फत पुनःआग्रह गर्नुपरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )