Trending
Prev Story
Next Story

रशिद र करणको ब्याटिङमा काठमान्डुको पहिलो जित

Ekantipur •
November 02, 2026 • 11:01 AM
1
1 reads 0 reactions

काठमान्डु गोर्खाजले कर्णालीलाई लगातार तेस्रो सिजन पराजित गरेको हो ।

रशिद र करणको ब्याटिङमा काठमान्डुको पहिलो जित

काठमान्डु गोर्खाजले कर्णालीलाई लगातार तेस्रो सिजन पराजित गरेको हो ।

रशिद खान र कप्तान करण केसीको सानदार ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ । काठमान्डुले सोमबार कर्णाली याक्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ ।

प्रमुख रूपमा बलर भए पनि रशिद र करण ब्याटिङमा चम्किएपछि काठमान्डुले १ सय ८१ रनको लक्ष्य त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा २ बल अगाडि पूरा गर्‍यो ।

काठमान्डुले दोस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । कर्णालीमाथि भने काठमान्डुले लगातार तेस्रो सिजन विजय हात पारेको हो । पहिलो दुई खेल जितेको कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार बेहोरेको हो ।

काठमान्डुबाट रशिद खानले अर्धशतक पूरा गरे । उनले ३३ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ५० रन बनाए । उनले आदिल आलम अन्सारीसँग तेस्रो विकेटमा ५४ र कप्तान करण केसीसँग पाँचौँ विकेटमा २६ बलमा ५५ रनको साझेदारी गरे ।

करणले २० बलमा ४४ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । १३औँ ओभरमा ब्याटिङमा आएका करण १८औँ ओभरमा कर्णालीका कप्तान सोमपाल कामीको बलमा आउट भए ।

जहान्दाद खान १० बलमा अविजित २२ रन बनाई काठमान्डुलाई जित दिलाए । काठमान्डुलाई अन्तिम २ ओभरमा जितका लागि २१ रन चाहिएको समयमा उनले १९औँ ओभरको पहिलो दुई बलमा पवन सर्राफलाई लगातार छक्का प्रहार गरेका थिए । सोही ओभरमा सन्तोष यादवले पनि चौका प्रहार गरेका थिए ।

काठमान्डुले अन्तिम ओभरमा आवश्यक ४ रन बटुलेको थियो । सन्तोष ३ बल खेली ५ रनमा अविजित रहे । कर्णालीबाट सोमपाल र हुसैन तलातले २–२ तथा मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रन बनाएको थियो । बंगलादेशी ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । अर्का बंगलादेशी ओपनर जिसन आलम ७ रन बनाई आउट भए ।

मार्क वाटले २० बल खेली २ चौकासहित १७ र दीपक डुम्रेले ८ रन बनाए । पाकिस्तानी खेलाडी हुसैन तलात ४० रन बनाई हिट विकेट भए । काठमान्डुबाट खेलिरहेका अर्का पाकिस्तानी खेलाडी जहान्दाद खानले तलातलाई हिट विकेट गराए । तलातले ३० बल खेली १ चौका र २ छक्का प्रहार गरे ।

गुलशन झा १२ बल खेली २ छक्का प्रहार गर्दै २० रनमा आउट भए । पवन सर्राफ २४ बल खेली २ छक्का प्रहार गर्दै ३० र सोमपाल कामी १ रनमा अविजित रहे । काठमान्डुबाट करणले २ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । त्यस्तै जहान्दाद, शाह आलम, सन्तोष र देव शाहले १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
16h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#काठमान्डु #ब्याटिङ
Compare →
Hamro Patro News
1d ago
लुम्बिनीविरुद्ध कर्णालीको खराब ब्याटिङ, १०५ रनमै समेटियो

लुम्बिनीविरुद्ध कर्णालीको खराब ब्याटिङ, १०५ रनमै समेटियो

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै अल...

#कर्णाली #ब्याटिङ
Compare →
Arthasansar
1d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#कर्णाली #ब्याटिङ
Compare →
Nagarik News
1d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#कर्णाली #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612