Trending
Prev Story
Next Story

हर्मुज खुलाउन दुई दिने योजनाबारे छलफल, अमेरिकी प्रतिक्रियाको प्रतीक्षामा इरान

Ekantipur •
November 02, 2026 • 10:32 AM
1
1 reads 0 reactions

अमेरिकासँग सहमति भएको दुई दिनभित्रै हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको इरानको परराष्ट्र मन्‍त्रालयले जनाएको छ

हर्मुज खुलाउन दुई दिने योजनाबारे छलफल, अमेरिकी प्रतिक्रियाको प्रतीक्षामा इरान

अमेरिकासँग सहमति भएको दुई दिनभित्रै हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको इरानको परराष्ट्र मन्‍त्रालयले जनाएको छ

काठमाडौँ — इरानको विदेश मन्त्रालयले अमेरिकासँग सहमति भएको दुई दिनभित्रै हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको जनाएको छ । तर, यसका लागि अमेरिकाले आफ्ना सर्तहरू स्वीकार गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि इरानले उक्त महत्वपूर्ण जलमार्ग खुलाउन एक साताको समयसीमा चाहिने जनाएको थियो ।

‘यो योजनालाई दुई दिनभित्रै कार्यान्वयनमा ल्याउन सकिने सम्भावनाले इरानको सद्भावपूर्ण दृष्टिकोणलाई स्पष्ट पार्छ । यदि हाम्रा मागहरू पूरा हुन्छन् भने छोटो समयभित्रै  हर्मुजमा सुरक्षा व्यवस्था पुनस्र्थापना गर्न र वार्ता प्रक्रियालाई अघि बढाउन सम्भव छ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने ।

प्रवक्ता बाकाईले मध्यस्थकर्ताहरूमार्फत दुई देशबीच अझै पनि सन्देश आदानप्रदान भइरहेको जानकारी दिएका छन्। एएफपीका अनुसार यो कदमले क्षेत्रीय तनाव कम गर्दै कूटनीतिक संवादको ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ ।

अमेरिकामा मंगलबार मध्यावधि (संसदीय ) निर्वाचन हुँदैछ । निर्वाचनपछि इरानमाथि फेरि आक्रमण गर्न सकिने धम्की यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका थिए । इरान तयार भएमा कुटनीतिक वार्तामार्फत पनि यस युद्धलाई टुंग्याउन सकिने उनले बताउँदै आएका छन् ।

२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेसँग युद्ध सुरु भएको थियो । पछिल्लो समय पश्चिम एशियाभर युद्ध फैलिएको छ । इरानमात्रै नभएर इरान समर्थित यमनको हुथी विद्रोही र साउदी अरब तथा लेबनानमा हिजबुल्लाह र इजरायलबीच युद्ध चलिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

तेहरान– इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुजको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने स्पष्ट पारेको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले हर्मुजको निगरानी र...

#इरान #हर्मुज #अमेरिका
Compare →
Nagarik News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

#इरान #अमेरिका
Compare →
Onlinekhabar
1d ago
होर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

होर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

२६ कात्तिक, तेहरान (रासस\एएनआई)। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच …

#इरान
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिका #इरान
Compare →
Arthasansar
1d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#इरान
Compare →

Related Stories

World News
Build #2612