Trending
Prev Story
Next Story

सेयर बजार राताम्य, परिसूचक ३२ अंकले घट्दा कारोबार पनि घट्यो

Arthasansar •
November 02, 2026 • 10:03 AM
1
1 reads 0 reactions

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता २ प्रतिशत भन्दा...

सेयर बजार राताम्य, परिसूचक ३२ अंकले घट्दा कारोबार पनि घट्यो

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता २ प्रतिशत भन्दा बढीले बढेको बजार यो साताको पहिलो दिन नै १ प्रतिशत भन्दा बढीले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको छ । यो गत साताको अनिम कारोबार भन्दा १.२१ प्रतिशतले कम हो । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ वटाको मात्रै बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.९३ अंकले घटेर ४८१.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ ।

आज सेयर बजारमा ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर ७० हजार २२८ पटक खरिद बिक्री हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #परिसूचक
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #परिसूचक #नेप्से
Compare →
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2611