Trending
Prev Story
Next Story

भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित

Nagarik News •
November 02, 2026 • 09:13 AM
1
1 reads 0 reactions

भरतपुर महानगरपालिकाले वृद्धि गरेको संस्थागत (निजी) विद्यालयहरूको शुल्क तत्कालको लागि स्थगित गरेको छ।

भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित

भरतपुर महानगरपालिकाले वृद्धि गरेको संस्थागत (निजी) विद्यालयहरूको शुल्क तत्कालको लागि स्थगित गरेको छ।

सोमबार बिहान बसेको भरतपुर महानगरपालिकाको कायपालिका बैठकले शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।

‘वृद्धि भएको शुल्क फिर्ता लिएका छैनौँ। तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हौँ’ कार्यकारी अधिकृत वीरेन्द्र देव भारतीले भने ‘यसलाई थप अध्ययन गरेर पुनरावलोकन गरिन्छ।’

शुल्क समायोजन गर्नका नगर शिक्षा समितिलाई दिने निर्णय गरिएको छ। यसको संयोजक महानगरपालिकाका प्रमुख हुने व्यवस्था रहेको छ।

यस समितिले कक्षा ११ र १२को पनि शुल्क समायोजनका लागि काम गर्ने उनले बताए।

यस समितिले अभिभावक समिति, महानगरका जनप्रतिनिधि, विद्यार्थी, निजी विद्यालयका प्रतिनिधि, शिक्षा विज्ञ लगायतका व्यक्तिसँग छलफल गरेर मूल्य समायोजन गर्नेछ।

यसअघि भरतपुर महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरूलाई कक्षाअनुसार २१ देखि ३० प्रतिशतसम्म शुल्क वृद्धि गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

यसको विरोधमा यहाँका विद्यार्थी संगठनदेखि राजनीतिक दलसम्मले गरेका थिए।

सङ्घीय शिक्षा नियमावली २०५९ को शुल्कसम्बन्धी व्यवस्थामा जिल्ला स्तरीय सरकारी निकाय शिक्षा विकास तथा समन्वय इकाइले नियम १४५ ‘क’ बमोजिमको समितिसँग परामर्श गरी आफ्नो जिल्लाभित्र ‘क’, ‘ख’, ‘ग’ वा ‘घ’ श्रेणीका विद्यालयहरूले निर्धारण गर्न पाउने शुल्कको अधिकतम सीमा तोकी शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिना अगावै सूचना प्रकाशित गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिले शिक्षक अभिभावक संघको कार्यकारी समितिसँग परामर्श गरी तोकिएको अधिकतम शुल्क सीमाभित्र रही नयाँ शैक्षिक सत्रका लागि लिने शुल्कको प्रस्तावित दर शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिनाअघि स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्ने छ। तर अहिले महानगरपालिकाले नै समग्र शुल्क वृद्धि गरेको आधारमा विद्यालयहरूले शुल्क उठाउँदै छन्।

सङ्घीय शिक्षा नियमावलीको नियम विपरीत शैक्षिक सत्रको बिचमा शुल्क बढाएको र अन्य प्रक्रियामा पनि कमजोरी देखिएको भन्दै विद्यार्थी संगठन र दलहरूले विरोध अभियान तीव्र बनाएका हुन्। शुल्क वृद्धिको दर धेरै भएको उनीहरूको दाबी छ।

२०७९ सालमा बढेपछि संस्थागत विद्यालयहरूको शुल्क आजसम्म बढेको थिएन। गत वर्षदेखि नै शुल्क बढाउन दबाब थियो। यो पटक बजेट भाषणमा सरकारी कर्मचारीहरूको तलबसँगै भत्ता पनि बढेपछि हामीले प्रक्रिया पुर्‍याएर तलब वृद्धिको निर्णय लिएको महानगरपालिकाले बताउँदै आएको थियो।

शुल्क वृद्धि गर्नका लागि महानगरपालिकाले प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यदल समेत बनाएको थियो। सो कार्यदलले गरेको सिफारिसका आधारमा असोज २ को कार्यपालिका बैठकले शुल्क वृद्धि लागू गर्न दिने निर्णय लिएको थियो।

भरतपुर महानगरपालिकाभित्र कुल ९७ वटा संस्थागत विद्यालय छन्। जसमध्ये एउटा ‘क’ वर्गमा, १२ वटा ‘ख’ वर्गमा र अरू ‘ग’ वर्गमा छन्।

यसअघि २०७९ सालको असोजमा संस्थागत विद्यालयको शुल्क वृद्धिको निर्णय भएको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १४:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

बेइजिङ – चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने न...

#शुल्क #स्थगित
Compare →
Onlinekhabar
2d ago
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना …

#भरतपुर
Compare →
Ekantipur
3d ago
भारतको एन्टी–डम्पिङ शुल्कले कसरी संकटमा पार्दैछ नेपाली जुट उद्योग?

भारतको एन्टी–डम्पिङ शुल्कले कसरी संकटमा पार्दैछ नेपाली जुट उद्योग?

भारतको नयाँ शुल्कले भारतीय बजारमा निर्भर पूर्वी नेपालको जुट उद्योगको लागत, प्रतिस्पर्धा, निर्यात र रोजगारीमा थप दबाब सिर्जना गरेको छ।

#शुल्क
Compare →
Bizshala
5d ago
अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

काठमाण्डौ । अमेरिकामा नयाँ रोजगारी थपिने गति सुस्त भइरहेका बेला कम तलबमा काम गर्ने कतिपय श्रमिकले रोजगारदाता फेरेर...

#वृद्धि
Compare →
Arthasansar
15h ago
नेशनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो

नेशनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो

नेसनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक...

#वृद्धि
Compare →

Related Stories

Education & Youth
Build #2611