Trending
Prev Story
Next Story

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

Onlinekhabar •
November 02, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ …

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

१३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो ।

आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो ।

बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ७ अर्ब १८ करोडको भयो ।

आज जम्मा २१ कम्पनीको मूल्य बढ्यो भने २५२ को घट्यो। त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । आज सबै समूहगत सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ १.०७, फाइनान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत् १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स १.१६, निर्जीवन बीमा १.७२, अन्य १.६१ तथा व्यापार ०.८६ प्रतिशत घटे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७, मन्दाकिनी हाइड्रोपावरको ५.४७, एनआईसी एसिया बैंकको ३.०२, ब’टवल पावरको २.४८ प्रतिशत मूल्य बढ्यो ।

झापा इनर्जीको मूल्य ४.११, सांग्रिला डेभलपमेन्ट बैंकको४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३, माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक तथा प्राइम कमर्सियल बैंक रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Hamro Patro News
12h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
13h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
1w ago
नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

आजको बजारमा CREST र GCIL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Nagarik News
1w ago
१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्टै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

#शेयर-बजार #बजारका
Compare →

Related Stories

Business & Economy
Build #2612