Trending
Prev Story
Next Story

नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव

Onlinekhabar •
November 02, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमवार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा …

नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमवार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहकार्यको प्रश्ताव राखेको बताए ।

उनले नेपालमा औषधि उद्योग संचालन गर्न सकेमा नेपाली जनताले सहुलियतमा औषधि प्राप्त गर्न सक्ने बताए ।

उनका अनुसार स्विट्जरल्याण्डका अध्यक्ष पाजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि स्विट्जरल्यान्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेकोमा पनि धन्यवाद व्यक्त गरेँ । यसैगरी, नेपाल र स्विट्जरल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा शुभकामना आदानप्रदान गरियो । स्विजरल्याण्डमा राम्रा–राम्रा औषधि उद्योगहरू छन्, कम्पनीहरू छन्, ठूला–ठूला विश्व स्ट्याण्डर्डका । त्यो यदि सम्भव हुन्छ भने सरकारीस्तरबाटै नेपालमा पनि औषधि उद्योग स्थापना गर्न सहयोग भएमा नेपाली जनतालाई अलि सहुलियत हुने थियो भनेर मैले प्रस्ताव गरेको थिएँ,’ उनले भने ।

अध्यक्ष दाहालले नेपाललाई विकास साझेदारका रूपमा स्विजरल्याण्डले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । विपद्का समयमा स्विजरल्याण्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त पनि गरे ।

हालै भोटेकोशी बाढीबाट प्रभावितका लागि स्विट्जरल्याण्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो ।

‘उहाँले सिधै के प्रश्ताव राखिदिनुभयो भने तपाईँहरूलाई के–के हो, तपाईँहरूको आवश्यक्ता भन्नुुस्, हामी त्यसको लागि पहल गर्छौँ भन्ने खालको उहाँले राख्नुभयो । उहाँले नेपालका आवश्यकता पहिचान गरी त्यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मैले सम्बन्धित निकायसँग यस विषयलाई गम्भीरतापूर्वक राख्ने प्रतिबद्धता व्यक्त गरेँ,’ दाहालले भने, ‘त्यसैगरी, दुई देशबीच संसदीयमैत्री समूह गठन गर्ने विषयमा पनि छलफल भयो । उहाँले स्विट्जरल्यान्डमा पनि संसदीय मैत्री समूह गठन गर्छौ भन्नुभयो, यहाँबाट जाने बित्तिकै हामी बनाउँछौँ भन्नुभएको छ । यो संसदीय समूह मार्फत दुई देशको संसदीय अभ्यासलाई आदानप्रदान गर्ने र सहयोग गर्ने सहमति भएको छ ।’

नेपाल र स्विट्जरल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदान गरेका थिए । भेटमा दुई देशबीच संसदीय सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

काठमाडौं । सरकारले औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन...

#स्थापना
Compare →
Nagarik News
1w ago
नेपाल प्रत्यायन केन्द्र स्थापना

नेपाल प्रत्यायन केन्द्र स्थापना

सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ।

#स्थापना
Compare →
Hamro Patro News
1w ago
मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्य...

#स्थापना
Compare →
Ekantipur
4d ago
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।

#स्थापना
Compare →

Related Stories

World News
Build #2611