Trending
Prev Story
Next Story

कर्णालीद्वारा काठमान्डुलाई विशाल लक्ष्य

Ekantipur •
November 02, 2026 • 09:02 AM
6
6 reads 0 reactions

कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो, जसमा आरिफुल इस्लामले सर्वाधिक ४४ रन जोडे।

कर्णालीद्वारा काठमान्डुलाई विशाल लक्ष्य

कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो, जसमा आरिफुल इस्लामले सर्वाधिक ४४ रन जोडे।

कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार काठमान्डु गोर्खाजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

लगातार तेस्रो जितको दाउमा रहेको कर्णालीबाट बंगलादेशी ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । अर्का बंगलादेशी ओपनर जिसन आलम ७ रन बनाई आउट भए ।

मार्क वाटले २० बल खेली २ चौकासहित १७ रन बनाए । दीपक डुम्रे ८ रनमा आउट भए । पाकिस्तानी खेलाडी हुसैन तलात ४० रन बनाई हिट विकेट भए । काठमान्डुबाट खेलिरहेका अर्का पाकिस्तानी खेलाडी जहान्दाद खानले तलातलाई हिट विकेट गराए । तलातले ३० बल खेली १ चौका र २ छक्का प्रहार गरे ।

गुलशन झाले १२ बल खेली २ छक्का प्रहार गर्दै २० रन बनाए । पवन सर्राफ र सोमपाल कामी १–१ रनमा अविजित रहे । पवनले २४ बल खेल्दै २ छक्का प्रहार गरे ।

काठमान्डुबाट करणले २ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । त्यस्तै जहान्दाद, शाह आलम, सन्तोष यादव र देव शाहले १–१ विकेट लिए । काठमान्डुको यो दोस्रो खेल हो । टोली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ।

#कर्णाली #ओभर #विकेट
Compare →
Arthasansar
1d ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#काठमान्डु #लक्ष्य
Compare →
Hamro Patro News
1d ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर...

#काठमान्डु #लक्ष्य
Compare →
Onlinekhabar
1d ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#काठमान्डु
Compare →

Related Stories

Sports
Build #2612