Trending
Prev Story
Next Story

ओख्रेनी र र्‌यालेमा तीन वर्षअघि पोल गाडिए, बत्ती अझै बलेन

Ekantipur •
November 02, 2026 • 08:32 AM
1
1 reads 0 reactions

तीन वर्षअघि पोल गाडिए पनि लाइन विस्तार रोकिँदा शारदा नगरपालिका–७ का ओख्रेनी र र्‍यालेका बासिन्दा सौर्य बत्ती र टुकीको भरमा छन्।

ओख्रेनी र र्‌यालेमा तीन वर्षअघि पोल गाडिए, बत्ती अझै बलेन

तीन वर्षअघि पोल गाडिए पनि लाइन विस्तार रोकिँदा शारदा नगरपालिका–७ का ओख्रेनी र र्‍यालेका बासिन्दा सौर्य बत्ती र टुकीको भरमा छन्।

सल्यान — तीन वर्षअघि गाउँमा बिजुलीका पोल गाडिएपछि ओख्रेनी र र्‌यालेका बासिन्दाले घरमा बत्ती बल्ने आशा गरेका थिए। तर, पोल गाडेर गएको निर्माण कम्पनीको ठेकेदार अहिलेसम्म नफर्केपछि उनीहरूको आशा निराशामा बदलिएको छ। शारदा नगरपालिका–७ का यी दुई बस्तीका ५० घरधुरी अझै बिजुलीको सुविधाबाट वञ्चित छन्। रातको उज्यालोका लागि उनीहरू सौर्य बत्ती र टुकीको भर पर्न बाध्य छन्।

आफ्नो बस्तीनजिकैका अन्य घरमा बिजुली बलेको तीन वर्ष बितिसक्दा पनि आफ्नो घरमा बत्ती बाल्न नपाएपछि स्थानीयले छिटोभन्दा छिटो लाइन विस्तार गरी विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।

जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत ओख्रेनी र र्‌यालेमा महाशक्ति जेभीले २०८० असोजमा निर्माणको काम सुरु गरेको थियो। तर, कम्पनीले सुरुमा २५ थान पोल ल्याएर छाड्यो। स्थानीयलाई खाल्डो खन्न र पोल गाड्न लगाएपछि ठेकेदार फर्किएर नआएको स्थानीयको गुनासो छ। त्यसपछि योजना अलपत्र परेको स्थानीय खुमबहादुर रोकाले बताए।

ठेकेदारले बेवास्ता गर्दा ल्याइएका केही पोल अहिले पनि लथालिङ्ग अवस्थामा रहेको उनले जानकारी दिए। 'हामीले निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित निकाय पुगेर माग राख्दै आएका छौं तर निर्माण कम्पनीका ठेकेदार अहिलेसम्म आएको छैन। गाडेका पोल ढल्ने अवस्थामा पुगेका छन्। योजनाको काम सम्पन्न हुन नसक्दा हामी अहिले पनि अन्धकारमा बस्न बाध्य छौं,' उनले भने।

गाउँको विद्युतीकरण योजना अलपत्र पर्दा स्थानीयले दैनिक जीवनमा समेत समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ। बत्ती नहुँदा रातको समयमा कठिनाइ हुने गरेको स्थानीय ललिता बुढाथोकीले बताइन्। बिजुली आउने आशामा केहीले १५ देखि २० हजार रुपैयाँ खर्च गरेर घरमा वायरिङसमेत गरिसकेका छन्। तर, बिजुली नपुग्दा त्यो लगानी उपयोगविहीन भएको छ। 'बत्ती आउँछ भनेर घरमा १५/२० हजार खर्च गरी केहीले वायरिङ गरेका छन्। त्यो त्यत्तिकै छ। रातको समयमा बालबालिकाले पढ्न पाउँदैनन्। मोबाइल चार्ज गर्न नजिकै बस्तीमा आफन्तको घरमा जानुपर्छ। अनलाइनबाट हुने सरकारी काममा बाधा पुगेको छ,' उनले भनिन्। बत्तीका लागि पटकपटक माग राख्दै आए पनि सुनुवाइ नभएको उनको गुनासो छ।

शारदा नगरपालिका–७ का वडाध्यक्ष लीलाबहादुर रोकाले ठेकेदारको बेवास्ताका कारण निर्माणको काम अलपत्र परेको बताए। ५० भन्दा बढी घरमा बिजुली पुर्‍याउने उद्देश्यले २०८० असोजमा सुरु गरिएको योजनाका लागि अहिलेसम्म आवश्यक पोललगायत सामग्रीसमेत नआएको उनले जानकारी दिए।

'योजना सुरु गरेको एक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको सम्बन्धित निकायले दुई पटकभन्दा बढी म्याद थप गरिसकेको छ तर काम सम्पन्न गर्नका लागि अहिलेसम्म ठेकेदार आएको छैन। ठेकेदार सम्पर्कविहीनजस्तै छ,' उनले भने, 'निर्माणको काम रोकिँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन्।'

ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत जिल्लाका आठवटै पालिकामा काम भइरहेकाले निर्माण कम्पनीका ठेकेदार तथा कामदारले ओख्रेनी र र्‌यालेको काम गर्न नभ्याएको हुन सक्ने नेपाल विद्युत् प्राधिकरण सल्यानका प्रमुख नरेशदत्त रावलले बताए। जिल्लाका अन्य पालिकामा भने कामदारले काम गरिरहेको उनले जानकारी दिए।

ग्रामीण विद्युतीकरण आयोजना सुर्खेतका इन्जिनियर प्रवीण गिरीले पोल, ट्रान्सफर्मरलगायत सामग्री समयमै उपलब्ध गराउन नसक्दा जिल्लाको पूर्ण विद्युतीकरण प्रभावित भएको बताए। यसै कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको उनको भनाइ छ। उनका अनुसार सल्यानका विभिन्न पालिकामा निर्माण कम्पनीले हालसम्म ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ। सल्यानलाई पूर्ण विद्युतीकरण गर्न सरकारले विद्युत् लाइन विस्तारका लागि सामग्री खरिदबाहेक १० करोड रुपैयाँ विनियोजन गरेको पनि उनले जानकारी दिए।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

२५ कात्तिक, स्याङ्जा । नगरपालिका बनेको एक दशक बितिसक्दा पनि स्याङ्जाको गल्याङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कका लागि जग्गा खरिद गरेको वर्षौं बिते पनि निर्माण अघि बढ्न नसक्दा सवारीसाधन राजमार्गमै पार्किङ गर्नुपर्ने …

#वर्षअघि #अझै
Compare →
Hamro Patro News
2d ago
३ करोड ४० लाख वर्षअघि पृथ्वीमा थिए ३० किलोका मुसा! थाइल्यान्डमा भेटियो विशाल जीवको जीवाश्म

३ करोड ४० लाख वर्षअघि पृथ्वीमा थिए ३० किलोका मुसा! थाइल्यान्डमा भेटियो विशाल जीवको जीवाश्म

काठमाडौं । आजको समयमा मुसा साना जीवका रूपमा परिचित छन्। तर करिब ३ करोड ४० लाख वर्षअघि पृथ्वीमा मानिसको तौलसँग तुलना गर्न मिल्ने आकारका विशाल मुसासमेत अस्तित्वमा थिए भन्ने नयाँ जीवाश्म अनुसन्धानले द...

#वर्षअघि
Compare →
Nagarik News
1w ago
तिहारलाई साढे ६४ करोडको झिलिमिली बत्ती आयात

तिहारलाई साढे ६४ करोडको झिलिमिली बत्ती आयात

उज्यालो र फूलहरूको पर्वका रूपमा परिचित तिहार सुरु भएसँगै बजारमा अहिले झिलिमिली बत्तीको कारोबारले गति लिन थालेको छ।

#बत्ती
Compare →

Related Stories

National (Nepal)
Build #2611