Trending
Prev Story
Next Story

बिचौलिया र न्यायाधीशको नाम जोडिएको विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह

Ekantipur •
November 02, 2026 • 08:32 AM
1
1 reads 0 reactions

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले आग्रह गरेको छ ।

बिचौलिया र न्यायाधीशको नाम जोडिएको विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले आग्रह गरेको छ ।

काठमाडौँ — बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर पछिल्ला समय आएका समाचारका विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले आग्रह गरेको छ ।

आज बसेको बैठकले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर पछिल्ला समय आएका समाचारका विषयमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

'सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्य सहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ,' निर्णयमा भनिएको छ ।

न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी र प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि न्यायालय तरंगित बनेको छ । यिनै विषयमा छलफल गर्न बिहान ९ बजेदेखि सुरु बैठक भरखरै सकिएको  हो । बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्चमा बहालवाला सबै न्यायाधीश सहभागी थिए ।

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन, यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराइने सरकारको आश्वासन

भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन, यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराइने सरकारको आश्वासन

काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । विभिन्न माग राख्दै मृतकका आफन्तले शव बुझ्न मानिरहेका छैनन् । उनीहरूले हेटौंडा अस...

#छानबिन #यथाशीघ्र
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला …

#छानबिन
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ।

#छानबिन
Compare →
Arthasansar
14h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
14h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2611